काठमाडौ २ मा नयाँ अनुहार जित्ने सम्भावना, लौरो धेरै अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये लौरो चुनाव चिन्ह लिएर मैदानमा ओर्लिएका उम्मेदवार हुन् कोषराज सुवेदी । संसदीय निर्वाचनमा पहिलोपटक होमिएका सुवेदीले विमा अभिकर्ता हुँदै डेपुटी सिइओसम्मको जिम्मेवारी सम्हालेका छन् ।
विमा अभिकर्ताका रुपमा प्रवेश गरेर डेपुटी सिइओसम्म पुग्ने उनी नेपालकै पहिलो व्यक्ति मानिन्छन् । वित्त क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरेका उनी युनियन लाइफको डेपुटी सिइओ थिए । सामान्य किसान परिवारमा जन्मिएका सुवेदी विमा तथा वित्त क्षेत्रमा आफूले हासिल गरेको ज्ञानका माध्यमबाट देशको मुहार परिवर्तन गर्ने उद्देश्यका साथ निर्वाचनमा होमिएको बताउँछन् । डिजिटल विमाको अवधारणा अन्तर्गत अघि बढेका सुवेदी नेपालको पहिलो इन्स्योरेन्स एग्रिगेटर कम्पनी मेरो विमा डटकमका संस्थापक समेत हुन् । सोचसँग समृद्धिको यात्रा आफ्नो मूल उद्देश्य रहेको उनको भनाई छ ।
चुनावी प्रचार प्रसारको फरक शैली छ उनको । लौरो टेकेर मतदाताका घरघरमा पुगेका सुवेदीको अहिले पाँचौ चरणको घरदैलो अभियान चलिरहेको छ । मंसिर ४ मा भोट हाल्न निर्वाचन केन्द्रमा आउन आग्रह गर्दै आफूले ६९ हजार मतदातालाई घरमै गएर निमन्त्रणा गरेको उनको भनाई छ ।
वैकल्पिक शक्तिका रुपमा लौरोको विकल्प नभएको भन्दै चोक चोकमा भइरहेका चिया गफबाट आफू उत्साहित भएको उनी बताउँछन् । गएको स्थानीय तहको निर्वाचनमा लौरो चिन्हलाई जनताले जुन प्रकारको माया गरेका थिए त्यस्तै प्रकारको माया पाउँनेमा उनी विश्वस्त देखिन्छन् ।
डिजिटल नेपालको वृहत्तर योजना आफूसँग रहेको बताउँदै उनी भ्रष्टाचार निवारण, शिक्षा, स्वास्थ्य र रोजगारीको ठोस योजना आफूसँग रहेको दाबी गर्छन् । काठमाडौं क्षेत्र नं २ बाट अत्याधिक मतका साथ विजयी हुने दावी गरेका सुवेदी जनताले कुरालाई भन्दा कामलाई विश्वास गर्ने बताउँछन् ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार