काठमाडौ २ मा नयाँ अनुहार जित्ने सम्भावना, लौरो धेरै अगाडि

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये लौरो चुनाव चिन्ह लिएर मैदानमा ओर्लिएका उम्मेदवार हुन् कोषराज सुवेदी । संसदीय निर्वाचनमा पहिलोपटक होमिएका सुवेदीले विमा अभिकर्ता हुँदै डेपुटी सिइओसम्मको जिम्मेवारी सम्हालेका छन् ।
विमा अभिकर्ताका रुपमा प्रवेश गरेर डेपुटी सिइओसम्म पुग्ने उनी नेपालकै पहिलो व्यक्ति मानिन्छन् । वित्त क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरेका उनी युनियन लाइफको डेपुटी सिइओ थिए । सामान्य किसान परिवारमा जन्मिएका सुवेदी विमा तथा वित्त क्षेत्रमा आफूले हासिल गरेको ज्ञानका माध्यमबाट देशको मुहार परिवर्तन गर्ने उद्देश्यका साथ निर्वाचनमा होमिएको बताउँछन् । डिजिटल विमाको अवधारणा अन्तर्गत अघि बढेका सुवेदी नेपालको पहिलो इन्स्योरेन्स एग्रिगेटर कम्पनी मेरो विमा डटकमका संस्थापक समेत हुन् । सोचसँग समृद्धिको यात्रा आफ्नो मूल उद्देश्य रहेको उनको भनाई छ ।
चुनावी प्रचार प्रसारको फरक शैली छ उनको । लौरो टेकेर मतदाताका घरघरमा पुगेका सुवेदीको अहिले पाँचौ चरणको घरदैलो अभियान चलिरहेको छ । मंसिर ४ मा भोट हाल्न निर्वाचन केन्द्रमा आउन आग्रह गर्दै आफूले ६९ हजार मतदातालाई घरमै गएर निमन्त्रणा गरेको उनको भनाई छ ।
वैकल्पिक शक्तिका रुपमा लौरोको विकल्प नभएको भन्दै चोक चोकमा भइरहेका चिया गफबाट आफू उत्साहित भएको उनी बताउँछन् । गएको स्थानीय तहको निर्वाचनमा लौरो चिन्हलाई जनताले जुन प्रकारको माया गरेका थिए त्यस्तै प्रकारको माया पाउँनेमा उनी विश्वस्त देखिन्छन् ।

डिजिटल नेपालको वृहत्तर योजना आफूसँग रहेको बताउँदै उनी भ्रष्टाचार निवारण, शिक्षा, स्वास्थ्य र रोजगारीको ठोस योजना आफूसँग रहेको दाबी गर्छन् । काठमाडौं क्षेत्र नं २ बाट अत्याधिक मतका साथ विजयी हुने दावी गरेका सुवेदी जनताले कुरालाई भन्दा कामलाई विश्वास गर्ने बताउँछन् ।

311 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal