चुनावी दौडधूपमा नेताहरु
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति जति नजिकिंदै छ उति नै राजनीतिक दलहरुमा चुनावी चटारो देखिएको छ । सबैजसो दलहरु निर्वाचनको प्रचार प्रसारमा केन्द्रित भैरहेका छन् । सबैजसो दलका शीर्ष नेताहरु आफैं नै उम्मेदवार बनेका कारण धेरैजसो आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् भने केहीले केही समय निकालेर अन्य निर्वाचन क्षेत्रमा समेत भाषण ठोक्न भ्याएका छन् । दलका नेताहरु आफैं कसरी निर्वाचन जित्ने भन्ने कुरामा लागिरहेको हालको अवस्थामा विभिन्न किसिमका गठबन्धनहरु बनेका कारण शीर्ष नेताहरुले अन्य दलका उम्मेदवारहरुलाई समेत मत माग्नुपर्ने अवस्था आएको छ ।
पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरुले आफ्नो सक्रियतालाई बढाएका छन् । राजधानी केन्द्रित भै प्रधानमन्त्रीको जिम्मेदारीमा रहेका देउवा अहिले दलीय कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् ।
डडेलधुराबाट उम्मेदवार बनेका कांग्रेसका सभापति देउवाले भर्खरै मात्र आफ्नो गृह जिल्लामा आमसभा गरेका छन् । उनी प्रधानमन्त्री समेत रहेका कारण निर्वाचन आयोगको आचारसंहितालाई बढी ख्याल गर्नुपर्ने भएकाले अन्य दलका सभापतिहरु जस्तो सहज रुपमा दलको कार्यक्रमहरुमा सहभागिता जनाउन पाइरहेका छैनन् । त्यसो त अन्य मन्त्रीहरु पनि आचारसंहिताका कारण बन्धनमा परेको महसुस गर्दै आएको अवस्था छ ।
निर्वाचनको मिति नजिकिंदै गर्दा एमालेका अध्यक्ष ओली भने आफूलाई विभिन्न जिल्लाहरुमा कार्यक्रममा उपस्थित गराउन लागिपरेका छन् । उनले सुदूरपश्चिमबाट चुनावी आमसभालाई सम्बोधन गरी निर्वाचनमा होमिएको सन्देश दिएका छन् ।
त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विभिन्न कार्यक्रमहरुमा सक्रिय देखिएका छन् । रौतहटबाट निर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष नेपाल पछिल्लो स्थानीय निर्वाचनको मत परिणाम र सत्तारुढ दलहरुको गठबन्धनको हिसाबमा आफू सुरक्षित रहेको महसुस गरी निर्वाचनका कार्यक्रमहरुमा देखिने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बढी देखिने नेता नेपाल अन्य जिल्लामा समेत उपस्थित भैरहेका छन् ।
उता, गोर्खाबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने पारिवारिक समस्यामा परेका छन् । उनकी पत्नी सीता दाहालको स्वास्थ्यस्थिति गम्भीर रहेका कारण पनि अध्यक्ष दाहालले आफूलाई राजनीतिक गतिविधि र पारिवारिक दायित्वमा भिजाउँदै लगेको बताइएको छ । गोर्खामा उम्मेदवार बनेका दाहाल सो क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुले गत स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार मानी ढुक्क अवस्थामा बसेका छन् ।
यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाट उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको समर्थन पाई झापा ३ बाट निर्वाचित भएका उनी यस पटक एमालेले साथ दिने भएपछि आफू सुरक्षित नै रहेको ठानी अन्य स्थानका निर्वाचनमा आफ्ना उम्मेदवारहरुको पक्षमा मत माग्न लागिपरेका छन् । उनी पोखरा, स्याङ्जा, काठमाडौं लगायतका आमसभाहरुमा सम्बोधन गर्ने तयारीका साथ निस्किएको पनि बताइएको छ ।
उता, राप्रपा नेपालका अध्यक्ष कमलबहादुर थापा भने आलोचनाका पात्र बनेका छन् । राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गर्न पुगेका थापा आफू भने एमालेको निर्वाचन चिन्ह लिएर उम्मेदवार बनेपछि उनी आलोचनाका पात्र भएका हुन् । उनको दलका तर्फबाट विभिन्न स्थानमा उम्मेदवारहरु लडेको अवस्थामा केन्द्रीय अध्यक्ष भने अर्काको चुनाव चिन्ह लिएर लडेको भनी अन्य उम्मेदवारहरुले समेत आलोचना खेप्नुपरेको गुनासो गरेका छन् ।
गठबन्धनको साथमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले यो निर्वाचनबाट राम्रो नतिजा ल्याएर आफ्नै दलको नेतृत्वमा आगामी दिनमा सरकार चलाउने अपेक्षा गरेको छ । यसैगरी जसपा र केही स्थानमा राप्रपासँग तालमेल गर्न पुगेको एमाले अंक गणितीय हिसाबमा धेरै तल रहेको स्थितिलाई सुधार्न भनी लागिपरेको अवस्था छ । एमालेको आन्तरिक बैठकहरुमा निर्वाचन परिणाम एकदमै कमजोर अवस्थामा रहेको विश्लेषण हुने गरे पनि बाहिर आफ्नो दलको बहुमत आउने भनी एमालेका अध्यक्ष ओलीले ध्वाश दिने गरेका छन् । यसैगरी गठबन्धनको आडमा माओवादी केन्द्र तेस्रो दलको हैसियतमा रहने तथा उस्तै पर्दा प्रधानमन्त्रीको चाबी आफ्नो हातमा राख्ने दाउमा रहेको बताइन्छ ।
उता, एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पनि एमालेलाई हराउन सक्नुलाई आफ्नो ठूलो सफलता मान्दै केन्द्रीयस्तरका नेताहरुलाई जसरी पनि निर्वाचित गराउने ध्याउन्नमा रहेको बताइन्छ । गठबन्धनमा सामेल दलका मतदाताहरुले इमान्दारितापूर्वक निर्वाचनमा मतदान गरेका खण्डमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका प्रतिनिधिसभाका सबै उम्मेदवारहरुले विजयको माला पहिरिनेमा सो दल ढुक्क रहेको बताइएको छ ।
यसरी दलका गतिविधि तथा नेताहरुको सक्रियता बढिरहेको हालको अवस्थामा निर्वाचन आयोगमा भने उजुरीको खात थपिएको बताइन्छ । आयोगले उजुरीहरुमाथि छानविन गर्ने तथा दल र उम्मेदवारहरुको गतिविधिहरुलाई ख्याल गर्दै स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिएको छ । आयोगले अन्य निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा विशेष ध्यान दिएको चर्चा चलेको छ । निर्वाचनको प्रचार प्रसार समयलाई समेत सीमित गरेको आयोगले दल तथा उम्मेदवारहरुको गतिविधिहरुलाई विशेष चासोका साथ हेरेको बताइएको छ । विगतका कमी कमजोरीहरुलाई हटाएर राम्रोसँग निर्वाचन गराउन आयोग लागिपरेको बताइएको छ ।
आयोगले यस्तो कार्य गरे पनि दल तथा उम्मेदवारहरु भने अझै पनि सचेत नबनेको देखिएको छ । आचारसंहिताभन्दा बाहिर गएर उनीहरुले गतिविधिहरु गरिरहेको देखिन्छ । सभाहरुमा सम्बोधन गर्दा होस् वा अन्य बेलामा समेत उनीहरुले कुनै वास्ता नगरी आफूहरुलाई विवादमा पार्ने कार्य गर्दै आएको भनी आयोगले सधैंजसो स्पष्टीकरण सोध्ने कार्य गर्दै आएको हो ।
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





