फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम्m राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन् ।
१३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उनले महत्त्वपूर्ण योगदान पुर्याएको बताएकी छन् ।
उनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ भण्डारीले भनेकी छन् ।
भण्डारीले अगाडि भनेकी छन्, ‘महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेकोछ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’
ताजा

मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै हुनुपर्छः शेखर कोइराला
२०७९ माघ १४ गते, शनिबार
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
२०७९ माघ १४ गते, शनिबार
दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्
२०७९ माघ १४ गते, शनिबार
चैत १७ गतेदेखि यस वर्षको एसइई परीक्षा
२०७९ माघ १४ गते, शनिबार
रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल
२०७९ माघ १४ गते, शनिबार
छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
२०७९ माघ १३ गते, शुक्रबार
हाँसीखुसी लामिछानेले छाडे सरकारी निवास
२०७९ माघ १३ गते, शुक्रबार
लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
२०७९ माघ १३ गते, शुक्रबार
म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने
२०७९ माघ १३ गते, शुक्रबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार