दाङ- २ मा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माको चुनौती
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा आफूले पहल गरेका कारण सम्भव भएको र बाँकी अपूरा काम सङ्घीय सरकारमार्फत् पूरा गराउने पोखरेलले प्रतिबद्धता जनाएका छन् । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ प्रदेशसभा (१) बाट विजयी भएका थिए ।
सङ्घीय सरकारको सामान्य प्रशासनमन्त्री भइसकेकी रेखा शर्मालाई प्रस्तिपर्धिका रूपमा छन् । २०६४ र २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेकी शर्मा यसपटक भने प्रत्यक्षतर्फबाट निर्वाचनमा होमिएकी छन् ।
दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जीनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी हुनुहुन्छ ।
यसैगरी यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन् ।यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि एमालेका तर्फबाट बलिभद्र राणा र कांग्रेसका राजु खनालको बीचमा प्रतिस्पर्धा छ ।
निर्वाचन क्षेत्र नं २ को (२) बाट प्रदेशसभाका लागि एमालेका गिरीराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । क्षेत्र नं २ को (१)मा ६३ हजार तीन सय २२ मतदाता छन् भने (२)मा ७० हजार चार सय २६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
क्षेत्र नं २ को (१) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को (२) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबार
इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
२०८३ असार ३२ गते, बिहीबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





