माईतिलाई दाेषदिन मिल्दैन भन्दै जेरिको दिदि मिडियामा आइन । गल्ती दुबै बराबर छ ,भिडियो हेर्नुस् ।
श्रीमती बबिता बानियाँ जेरी” विरुद्ध डि”भोर्स केस फाइल गरेका दोहोरी कलाकार शंकर क्षेत्रीले आफूहरुको प्रेम र दाम्पत्य जीवनबारे मिडियामा मुख खोलेका छन् । जेरीको अपारदर्शी व्यवहार र घमण्डका कारण सम्बन्ध टुटाउने निर्णयमा आफू पुगेको उनको भनाइ छ ।
युट्युब च्यानल के छ नेपालका लागि गायिका अनिता चलाउनेलाई लामो अन्तर्वार्ता दिँदै शंकरले जेरीसँगको सम्बन्धबारे वृतान्त सुनाएका हुन् । जेरीले मरिहत्ते गरेर पछि लागेपछि आफूले उनलाई प्रेम गरेको शंकरले बताएका छन् । दाम्पत्य सम्बन्धमा दरार आउनुमा जेरीलाई नै उनले जिम्मेवार ठहर्याएका छन् ।
एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ “आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् ।शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ । आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डिभोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका छन् ।
आफ्नो जीवन संघर्ष, जेरीसँगको प्रेम, विवाह र डि”भोर्सको तयारीबारे शंकरको बयानका मुख्य अंश यस्ता छन् म निकै संघर्ष गरेर यहाँसम्म आएको हुँ । एसएलसीपछि क्याम्पस पढ्न काठमाडौं आएँ । तर, पैसा थिएन । रेस्टुरेन्टमा भाँडा माझ्ने, पीठो मुछ्ने काम गरें । त्यसपछि दुईवटा घरमा घरेलु कामदारको रुपमा पनि काम गरें । पछि साथीभाइको सल्लाह र सल्लाहमा वैदेशिक रोजगारीका लागि गएँ ।
म वैदेशिक रोजगारीका लागि आबुधावीमा रहँदा उहाँसँग फेसबुकबाट चिनजान भयो । मेरो त्यहाँ राम्रै थियो, ५०,६०,हजार रुपैयाँ कमाउँथे । तर मलाई कलाकारितामा रुचि थियो । उहाँले मलाई नेपाल फर्केर कलाकारितामा संघर्ष गर्न सुझाव दिनुभयो । मिलेर काम गर्ने प्रस्ताव गर्नुभयो ।
म आफ्नो भिसा सकिएपछि नेपाल फर्किएँ । उहाँसँग भेट भयो । उहाँलाई तपाईं मलाई मनपर्यो, राम्रो लाग्यो भन्नुभयो । मैले चाहिँ फेसबुकमा कुरा गरेको भरमा माया हुँदैन, एक-अर्कालाई बुझ्दै जाउँ भनेको थिएँ । तर, उहाँले जबरजस्ती नै गर्नुभएको हो । मेरो माया नपाए आत्महत्या गर्छुसमेत भन्नुभयो । यसरी मरिहत्ते गरेपछि मैले पनि उहाँलाई माया गर्न थालेको हुँ । भनिन्छ नि, आफूले माया गर्ने मान्छेभन्दा आफूलाई माया गर्ने मान्छेको कदर गर्नुपर्छ ।
मैले प्रेम सम्बन्ध स्वीकार नगर्दा पनि उहाँ मेरो रुममा बारम्बार आउनुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । यसरी रुममा आइराख्नु हुँदैन, आफ्नै ठाउँमा बस भन्थें । उहाँ चाहिँ होइन म त तपाईंलाई माया गर्छु, अलग्गिएर किन बस्ने भन्नुहुन्थ्यो । एकदमै जिद्दीपन देखाउनुभो । अनि मलाई पनि विस्तारै साँच्चै माया नै गर्दोरहेछ भन्ने फिल भयो ।
मसँग भेट भएका वेला उहाँ कतै पनि चर्चामा हुनुहुन्नथ्यो । महिनाको १० हजार तलब लिएर दोहोरी साँझमा गीत गाउनुहुन्थ्यो । मलाई पनि दोहोरी साँझमा जाउँ भन्नुभयो । ल हुन्छ भनें । उहाँले नै चिनेको ललितपुरको एउटा दोहोरी साँझमा काम लगाइदिनु भो ।
उहाँ चाहिँ ठमेलको फेवा रोदी क्लवमा काम गर्नुहुन्थ्यो । पछि ललितपुर काम गर्न टाढा भयो भनेर मैले चेञ्ज गरें । उहाँले मलाई सँगै काम गर्ने भनेर फेवामा लैजानुभयो । तर, त्यहाँ गुटबन्दी रहेछ । दुवैलाई एकसाथ नराख्ने भनेपछि दुवैले काम छोडेर अरु दोहोरीमा गयौं ।
हामीले मिलेर नै धेरै संघर्ष गर्यौं । म आफ्नो रुममा, उहाँ आफ्नो रुममा बस्ने गर्थ्यौं । तर, उहाँलाई धेरैजसो मसँगै बस्न मन पर्दोरहेछ । आफ्नो रुममा नगएर बारम्बार आफैं मेरो रुममा आउनुहुन्थ्यो । एकतर्फी रूपमा माया गर्छु भनेर मरिहत्ते गर्नु भयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनु हुँदैन भनेर मैले पनि माया देखाउन थालें ।
केही समयपछि हामी सँगै बस्न थाल्यौं । २/३ वर्ष लिभ इनमा बस्यौं । उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ । मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें । तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें । पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें । मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो ।
उहाँलाई गाईजात्रामा ल्याउन मेरो धेरै ठूलो हात छ । परेको वेला पैसा पनि दिएँ । स्क्रिप्टमा, निर्देशनमा सहयोग गरें । उहाँले स्टुडियोमा रेकर्ड गर्नुहुन्थ्यो, म यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर बाहिरबाटै गाइड गर्थें । उहाँको प्रतिभालाई माझ्ने काम गरें । अनि विस्तारै उहाँलाई दर्शकले चिन्न थाल्नुभयो । मैले उहाँलाई चिन्दा उहाँसँग नाम, दाम केही थिएन । त्यसैले उहाँलाई जेरीको रुपमा परिचित बनाउन मेरो पनि ठूलो हात छ ।
उहाँ एग्रेसिभ टाइपको हुनुहुन्छ । सबै कुरा मिलिरहेको थियो । बिहेको सात महिनामा हाम्रो बच्चा भयो । त्यति वेलासम्म मान्छेले धेरै चिन्न थालेपछि उहाँमा एक किसिमको घमण्ड आयो । उहाँले मलाई सबैले चिने, मैले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने टाइपको व्यवहार देखाउन थाल्नुभयो । पैसा कमाउन थालिसकेपछि झूट बोल्ने, प्रस्ट व्यवहार नगर्ने गर्न थाल्नुभयो । यसले सम्बन्धमा तिक्तता आउन थाल्यो । मेरो कुरा सुन्न छोड्ने, आफ्नो कुरामात्रै लाद्न खोज्ने जस्तो भएपछि मलाई चित्त दुख्यो ।
उनले बुहारीको रुपमा घरमा केही गरेको छैन ।
उनले बुहारीको रुपमा घरमा केही गरेको छैन । उहाँले घरपरिवारको वास्ता पनि गर्नुहुन्न । बुवाकै कमाइले मेरो घर चलेको छ । बाहिरबाट हेर्दा यत्रो व्यवसाय गरेका छन्, पैसा त टन्न कमाएका होलान् भन्ने लाग्छ । तर, अहिलेसम्म घरमा एक बोरा चामल किन्नुभएको छैन उहाँले ।
पहिले भेट्दा पनि लोनमा छु भन्नुहुन्थ्यो । अहिले पनि लोनमै छु भन्नु हुन्छ । उहाँ आफ्नो पैसा के गर्नुहुन्छ, कसलाई दिनुहुन्छ मलाई केही थाहा हुँदैन । एकपटक सोधेको थिएँ, महाभूकम्प आयो घरमा । त्यसपछि सोध्न छाडें । कार्यक्रममा हिँड्दा चाहिँ आधा-आधा व्यहोर्ने गरिएको छ । केही पैसा मेरै गयो होला बढी । उहाँको पैसामा कहिले पनि राज गरिनँ ।
छोरी जन्मेपछि परिपक्वता आउँछ कि भन्ने थियो । तर, त्यो निराशामा बदलियो । हिजो केही नहुँदा मरिहत्ते गर्नुभो । पछिपछि लाग्नुभयो । झुण्डेर मर्दिन्छु पनि भन्नुभयो । पछि नाम, दाम भएपछि उहाँ मात्तिनुभयो जस्तो लाग्छ । घरमा भन्दा धेरै माइतीमै बस्न थाल्नु भयो । डेढ वर्ष भइसक्यो उहाँ माइतीमा बसेको । दुई दिन मसित बसेपछि तेस्रो दिन फेरि माइतीमा गइहाल्नुहुन्छ । म घर पनि सम्हाल्नुस् भन्छु । तर, बच्चा बोक्ने अनि सामान पोको पारेर माइत टाप कस्ने । यसले मलाई तनाव भयो ।
मैले उहाँलाई विश्वास गर्नु मेरो कमजोरी भयो होला । नत्र आफ्नो श्रीमतीलाई कसले धोका दिने सोच्छ उहाँलाई धोका हुने केही काम पनि गरेको छैन मैले । उहाँको व्यवहारबाट मलाई चाहिँ धोका भयो । उहाँको व्यवहार पारदर्शी भएन । घरभन्दा बाहिर बढी बस्न रुचाउनुभयो । माइत भनेर बसेपछि कहाँ जानुहुन्छ, के गर्नुहुन्छ मलाई थाहा हुँदैन । यसले गर्दा एक-अर्कामा शंका उत्पन्न भयो होला । धेरैचोटि माइतबाट सम्झाएर ल्याएँ ।
विवाहित महिला सधैं माइत बस्छ, घरमा श्रीमानको कुरा सुन्दैन भने यसरी जिन्दगी जाँदैन । हाम्रो बीचमा बच्चा पनि छ । सधैं माइत नै बस्नुपर्छ भने हामी छुट्टियौं भनेर मैले आफैंले मुद्दा दायर गरेको हुँ ।
मेरो चाहना अहिले पनि डिभोर्स होइन । उसलाई छोडौं भन्ने होइन । उहाँले यदि आफ्ना नराम्रा कुराहरु सुधार्छु भने म अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार छु । तर, उहाँले त्यो गर्नुहुन्न । उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ मलाई थाहा छ । मिल्न चाहन्छु भनेर बनावटी रुपमा मिडियामा बोल्नु भयो त्यसमा मलाई खासै विश्वास लाग्दैन ।
मैले देखाएको कारणभन्दा धेरै आन्तरिक कारण छन् । डि”भोर्समा साइन भएको दिनमात्रै ती कुराहरु खोल्नेछु । प्रुफसहितका कारणहरु बताउनेछु ।
ताजा
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबार
इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
२०८३ असार ३२ गते, बिहीबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





