जेरी सँगको सम्बन्ध विच्छेद पछि अर्कोबिहे गर्दै शंकर क्षेत्री
दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेद पश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका छन्।
अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ ।पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।
शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला तहानेको भन्दै गालीगलौज गरिरहेका छन् । तरजेरीले भने आफूहरु दुवैले एकअर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।
जे होस जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।
अनलाइनबाटै लभ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३, वर्षको भिसामा दुबई गएका शंकर २२, महिनापछि नेपाल फर्किएका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





