रितो रिबा अरुणाचल प्रदेशका हुन् इन्डियन आइडलमा जजले रिजेक्ट गरे तर, इनटरनेटले यसरी चम्काईदियो भाग्य हेर्नुस् ।

२०७९ कार्तिक १३ गते, आईतवार

पछिल्लो समय भारतमा रियालिटी शोको आगमनसँगै आम मानिसले आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् ।रियालिटी शो जितेपछि सम्भवत प्रतियोगीको जीवन परिवर्तन हुन्छ। तर यो पनि सत्य हो कि कयौं पटक प्रतियोगीहरुले खेल हारेपछि पनि ठूलो सफलता हासिल गर्छन् ।

 

नेहा कक्कड, जुबिन नौटियाल यसका ठूला प्रमाण हुन् । हालै रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा उनको हावी छ । एकप्रकारले भनौ जजहरुले रिजेक्ट गरेपछि इन्टरनेटमा उनको भाग्य चम्किएको छ।

 

 

यथार्थमा रियालिटी शोले कुनै पनि प्रतियोगीको करियर सुधार्न सक्छ। तर यो पनि सत्य हो कि यहाँ रिजेक्ट भएकाले पनि नाम कमाउँछन्। यदिउ नीहरुसंग  सीप, कला गाला छ भने उनीहरुको जीवन उक्त शो सम्म मात्रै सिमित हुँदैन ।

 

 

रिटो रिबामा प्रतिभा थियो त्यसैले इन्डियन आइडलमा रिजेक्ट भए पनि सामाजिक सञ्जालमा उनको हावी छ । रिटो रिबाले इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन्  जुन भिडियो नेपाली सामाजिक संजालमा समेत चर्चा कमाएको थियो। भिडियोमा उनी ‘तू मेरी हीर’ गाउँदै देखिएका छन् ।

 

रितोको गीत एकपटक होइन बारम्बार सुन्न मन लाग्ने खालका छन् । रिटोको स्वर सुनेर फ्यानहरु छक्क परेका छन् । गीत सुनेपछि मानिसहरूले उनलाई अर्को अरिजित सिंह भनेका छन् । फ्यानहरुको मायाले एक दिन गायन दुनियाँमा ठूलो नाम बन्ने बताइरहेको छ । यस्ता स्वर भएका व्यक्तहरु रिजेक्ट हुने हो भने शो को औच्त्य नै सम्पति हुने एक सामाजिक संजाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्।

 

रितो रिबा अरुणाचल प्रदेशका हुन्। रितो रिवा गायनमै करियर बनाउन चाहन्छन । उनी आफ्नो करियर बनाउन इन्डियन आइडलमा आएका थिए । तर, शोका जज नेहा कक्कड, विशाल ददलानी र हिमेश रेशमियाले अस्वीकार गरे । अर्थात् रितो रिवा शीर्ष १५ मा पर्न सकेनन् ।

 

 

कार्यक्रममा दर्शकले रितो रिवाको स्वरमा जादू देखाएका थिए । त्यसैले उनको अस्वीकारले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ । प्रयोगकर्ताहरूले शोका जजहरूलाई भेदभाव गरेको आरोप लगाए। इन्डियन आइडलको बारेमा भने यो स्क्रिप्टेड अर्थात् अभिनित भएको बताइन्छ ।

 

यहाँ प्रतिभाको कदर हुँदैन । रिटोको अस्वीकार पछि, नागाल्याण्डका एक मन्त्रीले पनि जोक बनाएका थिए  । उक्त ‘मिम’को माध्यमबाट उनले शोका निर्माता र निर्णायकहरूको खिल्ली उडाए।

 

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal