सन्दीपलाई १०, देखि १२, वर्ष जे ल सजाय माग !

२०७९ कार्तिक ७ गते, सोमबार

काठमाडौँ =नाबालिग ब,लात्कार आरोपमा प क्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबी सहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४: को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई यथोचित क्षतिपूर्ति भराउन मागदाबी गरेको हो ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मु द्दा दायरबारे निर्णय लिनेछ ।

ब,लात्कार अभियोगमा मु द्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिगआईपीएल बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ग्लोबल स्टारको छवि बनाएका थिए ।

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनु मति दिसकेको छ । अदालतले यही कात्तिक ६ गतेदेखि लागूहुने गरी म्याद थप गरेको हो ।

अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो । प्रहरीले लामिछानेविरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।

तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जब र्जस्ती क रणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २०, गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

हिरासतमा दुब्लाए सन्दीप कसैसँग बोल्दैनन्
निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दी हरुसँग मात्रै होइन । बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौ शालाकै हिरासत कक्षमा रहेका उनी अहिले दु ब्ल्याउँदै गएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् ।

राति ति आरोपित किशोरी खाटमा सुतेको र आफु सोफामा ढल्किएर रात कटाएको सन्दीपको दा वी छ । यद्यपि, किशोरीले भने सोही रात आफू सन्दीपबाट दुई पटक ब लात्कृत भएको आरोप लगाएकी छिन् ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal