निर्वाचन आयोग दलहरुप्रति कठोर बन्दै

२०७९ कार्तिक ४ गते, शुक्रबार

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कडा आचारसंहिता जारी गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नं.२ को निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि दाहाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न मनोनयन रद्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको निर्देशन कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको जानकारहरुले बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोग दलहरुप्रति कठोर बने पनि आचारसंहिताको पूर्ण पालना हुन सकेको छैन । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं.१ मा मतदाताहरुलाई प्रभावमा पार्न चामल वितरण गरेको आरोपमा आयोगको स्पष्टीकरणमा परेका छन् ।

त्यसैगरी, नेकपा समाजवादीका नेता एवं पूर्व श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले बारा क्षेत्र नं. ४ मा युवाहरुलाई फ्रि भिषा र
निःशुल्क टिकटमा विदेश पठाइदिने सम्पर्क कार्यालय खोलेपछि श्रेष्ठलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको समाचार श्रोतले बताएको छ । यी त एकाध घटना मात्र हुन् । राजनीतिक दलका उम्मेदवारहरुले भित्रभित्रै माइकिङ, आमसभा र जाँडरक्सी खुवाएर मतदाताहरुलाई पैसा समेत बाँडी प्रभावमा पार्ने काम शुरु गरिसकेका छन् ।
आगामी कार्तिक १८ गतेभन्दा अगाडि चुनावी सभा गर्न नपाइने र घरदैलो कार्यक्रममा उम्मेदवारहरुले २५ जनाभन्दा बढी लैजान नपाइने निर्देशन आयोगले दिएको छ । चुनाव खर्चको सिमा तोकी अधिकतम ३३ लाख रुपियाँभन्दा बढी खर्च गर्न नपाइने बताए पनि चुनावमा उम्मेदवारहरुको करोडौं रकम खर्च हुने जानकारहरुले बताएका छन् ।

आचारसंहिता उल्लंघन गर्नेलाई उम्मेदवारी नै रद्द गर्न सकेमात्र दलहरुको घैंटोमा घाम लाग्छ । नत्र ‘काग कराउँदै गर्छ पिना सुक्दै’ भने झैं २०७४ र २०७० को निर्वाचनलाई सम्झिनुपर्ने हुन्छ । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा छ करोड खर्च भएको खुलासा काँग्रेस नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले गरिसकेका छन् । तै पनि निर्वाचन आयोगको आचारसंहिताप्रति विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् । राजनीतिक दलहरुको परामर्शपछि बनाइएको आचारसंहिता जनताको आँखोमा छारो हाल्न बनाइएको भनी चर्चा चलेको छ ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal