डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट चुनाव लड्दै

२०७९ कार्तिक ४ गते, शुक्रबार

ललितपुर÷ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि अन्तिम पटक भन्दै जनताको घरदैलोमा पुगेर मत मागी रहेका छन् ।
विकास, सम्बृद्धि र सुशासन एवं संविधानको रक्षाका लागि काँग्रेसका उम्मेदवारहरुले जनता (मतदाता) लाई आश्वस्त पार्दै प्रचार प्रसार तीब्र बनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिदा पाका नेताहरुलाई चुनाव हार्ने डरत्रास बढेको देखिन्छ ।

काँग्रेसबाट टिकट पाएर निर्वाचनमा होमिएका नयाँ अनुहारहरुमा धनराज गुरुङ स्याङ्जा २, प्रदीप पौडेल काठमाडौं ५, विश्व पौडेल चितवन १, सन्तोष चालिसे काठमाडौं ३, उमेश श्रेष्ठ चितवन २ (गठबन्धन सरकारको राज्यमन्त्री), डम्बर खड्का इलाम २ रहेका छन् । त्यसैगरी मोहम्मद फि आलाम रौतहट २, श्याम घिमिरे सिन्धुली १, दुर्लभ थापा भक्तपुर २, ज्ञानबहादुर गाहा पाल्पा १, किशोरदत्त बराल कास्की १, विनोद चौधरी पश्चिम नवलपरासी १ रहेका छन् ।

सुदीप राणा बाँके २, योगेश गौचन मुस्ताङ, खुमबहादुर गर्वुजा म्याग्दी र किशोरसिंह राठौर बाँके ३ रहेका छन् । नयाँ अनुसारहरुमा अधिकांश उम्मेदवारहरु युवा रहेको समाचार स्रोतले बताएको छ । उता, काँग्रेसबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शंकर भण्डारी, रमेश लेखक जस्ता युवाहरुले टिकट पाएपछि काँग्रेसप्रति आस्था राख्नेहरु उत्साहित बनेका छन् ।

गठबन्धन नेतृत्वको सरकारमा काँग्रेसले सय बढी सिट प्राप्त गर्ने जानकारहरुको प्रक्षेपण रहेको छ । काँग्रेसबाट शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला जस्ता पाका र अनुभवी नेताहरुमध्येबाट आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
काँग्रेसमा पुराना र नयाँ युवा नेताहरुको आगमनले मुलुकले काँचुली फेर्ने र पार्टीले गति लिने आशा एवं विश्वास जनताले गरेका छन् । स्वास्थ्य, शिक्षा, रोजगार, गरिबी, विकास निर्माण र भ्रष्टाचार एवं कुशासनलाई काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्त्य हुने बताइएको छ ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal