तिहारमा भारत बाट आयातहुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे।
ललितपुर – सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५,प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५, प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ ।
आज बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ ,औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९: कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनु भयो ।
उहाँले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नु भयाे ।नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर छ । विशेष गरेर भ्यालेन्टाइन डे, तिहार र जाडो मौसममा प्रतिकूल रहने हुँदा केही फूल आयात गर्न बाध्य छौँ । नेपालमा अहिलेसम्म कुनै पनि हाइब्रिड बिउको स्रोत नभएको र टिसु कल्चरबाट बिउ उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । अझै १० वर्षसम्म १० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहन्छ । अनियन्त्रितरूफमा पर्वहरूमा फूलको आयात भइरहेको छ। त्यसमा सरकारको ध्यान जान आवश्यक छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गाेल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूल नेपालमा नै उत्पादन गर्न सकिने बताउनुभयो ।
उहाँले पुष्प व्यवसायमा देश आत्मनिर्भर मात्रैनभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले यस व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने उहाँकाे भनाइ छ ।
कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरूलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताउनु भयो । फूल आयातनिर्यातका लागि नीति परिवर्तन गर्नु पर्ने भए सरकार तयार रहेकाे उहाँकाे भनाइ छ ।
त्यस्तै कलाकार हरिवंश आचार्यले देशमा पुष्प व्यवसाय आत्म निर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रूपमा विकास गर्न आवश्यक रहेकाे बताउनु भयो । उहाँले नेपाली वनजङ्गलमा फूलेका फूलहरूलाई व्यवसायीकरण गर्न सके पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्ने बताउनु भयो ।
पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यावसायिक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ ।
फ्लोरिकल्चर एसाेसिएशन नेपालले यो वर्षको तिहारमा झन्डै साढे २४,लाख फूलका माला खपत हुने बताएको छ । गएकाे वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४,लाख फूलको माला खपत हुने बताएको छ ।
तिहारको ५ ,मा झन्डै २०,लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २०, हजार गोदावरी फूलको माला खपत हुने एसाेसिएशनकाे अनुमान रहेको छ ।
ताजा
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





