तिहारमा भारत बाट आयातहुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे।

ललितपुर – सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५,प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५, प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ ।
आज बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ ,औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९: कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनु भयो ।
उहाँले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नु भयाे ।नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर छ । विशेष गरेर भ्यालेन्टाइन डे, तिहार र जाडो मौसममा प्रतिकूल रहने हुँदा केही फूल आयात गर्न बाध्य छौँ । नेपालमा अहिलेसम्म कुनै पनि हाइब्रिड बिउको स्रोत नभएको र टिसु कल्चरबाट बिउ उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । अझै १० वर्षसम्म १० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहन्छ । अनियन्त्रितरूफमा पर्वहरूमा फूलको आयात भइरहेको छ। त्यसमा सरकारको ध्यान जान आवश्यक छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गाेल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूल नेपालमा नै उत्पादन गर्न सकिने बताउनुभयो ।
उहाँले पुष्प व्यवसायमा देश आत्मनिर्भर मात्रैनभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले यस व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने उहाँकाे भनाइ छ ।
कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरूलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताउनु भयो । फूल आयातनिर्यातका लागि नीति परिवर्तन गर्नु पर्ने भए सरकार तयार रहेकाे उहाँकाे भनाइ छ ।
त्यस्तै कलाकार हरिवंश आचार्यले देशमा पुष्प व्यवसाय आत्म निर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रूपमा विकास गर्न आवश्यक रहेकाे बताउनु भयो । उहाँले नेपाली वनजङ्गलमा फूलेका फूलहरूलाई व्यवसायीकरण गर्न सके पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्ने बताउनु भयो ।
पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यावसायिक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ ।
फ्लोरिकल्चर एसाेसिएशन नेपालले यो वर्षको तिहारमा झन्डै साढे २४,लाख फूलका माला खपत हुने बताएको छ । गएकाे वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४,लाख फूलको माला खपत हुने बताएको छ ।
तिहारको ५ ,मा झन्डै २०,लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २०, हजार गोदावरी फूलको माला खपत हुने एसाेसिएशनकाे अनुमान रहेको छ ।
ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार