वर्षौ विदेश बसेर कमाउँदा पनि घरमा एक पैसा नरहेपछि श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रो,ए

२०७९ आश्विन ३० गते, आईतवार

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो सुख सुविधा सबै थियो।

परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

घर ठूलो भएर के गर्नु लाखौं ऋ,णमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो।

कहिल्यै खाली नबसि परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋ,णको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।

कुनैदिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पि,डाले पनि सताउथ्यो उसलाई। घरको स,मस्या कसैसँग सेयर कहिलेपनि गर्दैनथ्यो ।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर विदेश लाग्छ । दिन, महिना हुँदै केही बर्ष बित्छ । घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा ऋण लिएकाहरुलाई नै पठाउने गर्थ्यो।

घरमा भने बैंकमा पैसा जम्मा गरेको छु, आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब ऋ,ण तिरेर भ्याउँछ अनि घर फर्कन्छ।

एकदिन अचानक छोरो सिँढी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उसको सात्तो जान्छ, आजसम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

 

श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न ।

जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरै हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चि,न्तित भइरहेको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन् । अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि ख,तरा नभएको कुरा सुनिसकेपछि सबै खुसी हुन्छन ।

अनि श्रीमतिले भन्छिन “हजुरको पीडा मैले बुझेको छु ,यो हजुरले नै पठानुभएको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे , त्यसैले घर खर्च चल्थ्यो, हजुरले पठाएरको सबै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो ।

अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन , जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साक्षी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाएका थियौं ।

त्यो दिन हजुर बाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस् । मेरो लागि हिरा मोति भन्दा कम छैन ।”

उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ । श्रीमतीले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन। आज सम्मको उसको पीडा सबै एकैपलमा हराएको महसुस गर्छ।

एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दु:ख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन।

फेसबुक बाट साभार । – साङ्केतिक तस्बिर

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal