दुःखीलाई नै दिन अनि ऋ,ण लाग्दो रहेछ आमा ! बाकसको छोराले आमालाई लेखेको मनछुने चिठी

२०७९ आश्विन ३० गते, आईतवार

बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति ।

परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो ।

सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।दुःखीलाईनै दिन अनि ऋ,ण लाग्दो रहेछ आमा, शरीर टु,क्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा ।

चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँ`शुमा परिणत भयो आमा । मलाई नसराप्नु है !

ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दी’र्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे ।

अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है । परदेशको सहिद छोरा यो कवितात्मक चिठी एउटा दुःखी छोराको काल्पनिक चिठी हो

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुविधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

घर ठूलो भएर के गर्नु लाखौं ऋ,णमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो।

कहिल्यै खाली नबसि परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋ,णको सावाँ घ,टाउने त कुरै छोडौं। यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।

 

कुनैदिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उसलाई। घरको स,मस्या कसैसँग सेयर कहिलेपनि गर्दैनथ्यो ।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर विदेश लाग्छ । दिन, महिना हुँदै केही बर्ष बित्छ । घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा ऋ,ण लिएका हरुलाई नै पठाउने गर्थ्यो।

 

घरमा भने बैंकमा पैसा जम्मा गरेको छु, आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब ऋण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एकदिन अचानक छोरो सिँढी बाट लड्न पुग्छ ।

हतार-हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उसको सात्तो जान्छ, आजसम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन।

उ हेरेको हेरै हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भइरहेको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन् । अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि ख`तरा नभएको कुरा सुनिसकेपछि सबै खुसी हुन्छन ।

 

अनि श्रीमतिले भन्छिन हजुरको पीडा मैले बुझेको छु ,यो हजुरले नै पठानुभएको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गएर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे , त्यसैले घर खर्च चल्थ्यो, हजुरले पठाएरको सबै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो ।

अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन , जुन दिन हामी एक भएका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साक्षी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खाए`का थियौं । त्यो दिन हजुर बाट पाएको यो उपहार चाहे जे सुकैले बनेको होस् । मेरो लागि हिरा मोति भन्दा कम छैन ।”

उ केही बोल्न सक्दैन, एक टक लाएर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ । श्रीमतीले आमाले झैं उस्लाई अँगालो`मा बेर्छिन। आज सम्मको उसको पीडा सबै एकैपलमा हराएको महसुस गर्छ।

एक दुई दिनमा बाबु`लाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ त्यसमै रमाउने बिचार लिएर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन। फेसबुक बाट साभार साङ्केतिक तस्बिर

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal