मिलेर चुनावमा उठ्ने मिलेरगरिबी हटाउने माैका आएकाे छ । प्रधान मन्त्री देउवा

२०७९ आश्विन ३० गते, आईतवार

काठमाण्डाै = प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनु भएको छ ।

 

आज आइतवार काठमाण्डाैमा आयोजित काठमाण्डाै क्षेत्र नं: २, का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्धदलहरू मिलेर अघि बढ्नुपर्ने बताउनु भएको हो ।

 

उहाँले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको जिकिरगर्दृ राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनावमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको उल्लेख गर्नु भयाे ।

 

उहाँले भन्नु भयो ।अहिलेको गठबन्धनमार्फत लोकतन्त्र, प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले अहिले सबै पार्टी एक हुन जरुरी छ । त्यसैले गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ ।

 

प्रधानमन्त्री देउवाले मिलेर चुनावमा उठ्ने लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताउनु भयाे । उहाँले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनु भयो ।

 

प्रधानमन्त्री देउवाले काठमाण्डाै क्षेत्र नं:२ ,का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवार आपसमा मिलेर गठबन्धनलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नु भयो।”

 

 

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal