आठ(८), वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

२०७९ आश्विन २८ गते, शुक्रबार

चितवन = भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६०, प्रतिशतमात्र काम सम्पन्न भएको छ । 

पुल निर्माण अल पत्र अवस्थामा छ ।  बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृ,त्यु र केही घाइते समेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीय वासीले सम्बन्धित निकायमा पटकपटक द बाब दिए तर सुनुवाइ भएन । 

पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुई पटक भ त्किएका कारण ढिला भएको बताउनु भयो । उहाँले सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नु भयो ।

निर्माण समितिका तर्फबाट पटकपटक दबा ब दियौँ ।उहाँले भन्नु भयो प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापन पत्र बुझायौँ तर पुल निर्माणले गति लिन सकेन । उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनु भयो । पौडेलले कात्तिक देखि धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा आउने उहाँले चेतावनी दिनु भयो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापर्बाही गरिएको बताउनु भयो । उहाँले पाँच वर्ष अघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने पुल अलपत्र पारेर छाडिएको बताउनु भयो ।

देवघाट:५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासिनता भएको उहाँले बताउनु भयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवत जावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ  ।

चितवन र तनहुँमात्रै नभएर बाग्मती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८ दशमलव ५ मिटर फराकिलो र दुई सय २०, मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०,४० मिटरका तीन वटा र स्टिलको एउटा ८०, मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुई वटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।

त्रिशूली नदी माथि पुल बनाउन २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्तरूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र २०७४ कात्तिक १९ मा पुल बन्नु पर्थ्यो ।तर पटकपटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा ४,५ पटक म्याद थप गरि सकिएको छ ।

सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनु कूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनु भयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनु भयो ।

भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्‍यो ।उहाँले भन्नु भयो । यो बीचमा २ पटक भ,त्किएर तत्काल काम गर्न सक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत १९, करोड १०, लाख रहेकोमा अहिले बढेर २१ ,करोड ६८, लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । ”

88 Views

ताजा

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

उच्च अदालतमा रवि र छविको मुद्दामा बहस सुरु

२०८२ कार्तिक २७ गते, बिहीबार

पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal