आठ(८), वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल
चितवन = भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६०, प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
पुल निर्माण अल पत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृ,त्यु र केही घाइते समेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीय वासीले सम्बन्धित निकायमा पटकपटक द बाब दिए तर सुनुवाइ भएन ।
पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुई पटक भ त्किएका कारण ढिला भएको बताउनु भयो । उहाँले सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नु भयो ।
निर्माण समितिका तर्फबाट पटकपटक दबा ब दियौँ ।उहाँले भन्नु भयो प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापन पत्र बुझायौँ तर पुल निर्माणले गति लिन सकेन । उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनु भयो । पौडेलले कात्तिक देखि धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा आउने उहाँले चेतावनी दिनु भयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापर्बाही गरिएको बताउनु भयो । उहाँले पाँच वर्ष अघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने पुल अलपत्र पारेर छाडिएको बताउनु भयो ।
देवघाट:५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासिनता भएको उहाँले बताउनु भयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवत जावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।
चितवन र तनहुँमात्रै नभएर बाग्मती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८ दशमलव ५ मिटर फराकिलो र दुई सय २०, मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०,४० मिटरका तीन वटा र स्टिलको एउटा ८०, मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुई वटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।
त्रिशूली नदी माथि पुल बनाउन २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्तरूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र २०७४ कात्तिक १९ मा पुल बन्नु पर्थ्यो ।तर पटकपटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा ४,५ पटक म्याद थप गरि सकिएको छ ।
सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनु कूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनु भयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनु भयो ।
भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्यो ।उहाँले भन्नु भयो । यो बीचमा २ पटक भ,त्किएर तत्काल काम गर्न सक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत १९, करोड १०, लाख रहेकोमा अहिले बढेर २१ ,करोड ६८, लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । ”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





