चुनाव जिताउन खटेका आफ्नै साथीलाई समेत छाडेनन् बालेनले, खाली गराए रेस्टुरेन्ट
काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् ।
काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो । नगर प्रह’रीको निर्देशन’पछि रेस्टुरेन्टले आफ्नो साम’ग्री हटाएको हो ।
उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जि’ताउन सहयोग गर्ने’मध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । थापाले बालेनको चुनावी अभियान सञ्चाल’नमा साथ दिएका थिए । बालेन’लाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्की’लगायतले सह’योग गरेका थिए ।
सन्तोषको रेस्टुरेन्ट सो भवनको बेसमेन्टमा थियो । नक्शामा पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्ट अन्य व्य वसायमा प्रयोग गरेको पाइएपछि बालेनले हटाउन निर्देशन दिएका थिए ।
त्यसबमोजिम आज आफैंले रेस्टुरेन्ट हटा’एको थापाले फेसबुकबाट जानकारी दिएका छन् ।मेयर बाले’नले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’
बालेनको चुनावी अभियानका क्रममा उनीहरूको टिमको थुप्रै छलफल र मिटिङहरू यही रेस्टरेन्टमा भएका थिए । बालेनका निकट सहयोगी कुमार बेनका अनुसार सन्तोष चुनावमा समेत सन्तोषले उनी’हरूको टिमकै सदस्य’का रूपमा सहयोग गरेका थिए । तर, नियम मिचेर व्यवसाय गर्न नदिने मेयरको अडानका कारण साथी भनेर छुट नपाएका बेनले बताए ।
दरबारमार्गस्थित लन्डन पव पनि हटाउन निर्देशन दिइएको छ । बेनका अनुसार उक्त पवका सञ्चालक सुरज बालेनका नजिकका साथी हुन् ।
बेसमेन्टमा नै सञ्चालन भएका कारण लन्डन पव खाली गराउन महानगरले निर्देशन दिएको हो । यसैगरी शंखमुलमा रहेको बर्गर हाउस पनि आफ्नै साथी सञ्चालक हुनुका बाबजुद बालेनले खाली गर्न लगाएका छन् ।