चुनाव जिताउन खटेका आफ्नै साथीलाई समेत छाडेनन् बालेनले, खाली गराए रेस्टुरेन्ट

२०७९ आश्विन २८ गते, शुक्रबार

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् ।

काठमाडौं महा’नगरको नगर प्रहरीले त्रि’पुरेश्वरको राह’दानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यव’साय हटा’एको हो । नगर प्रह’रीको निर्देशन’पछि रेस्टुरेन्टले आफ्नो साम’ग्री हटाएको हो ।

उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जि’ताउन सहयोग गर्ने’मध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । थापाले बालेनको चुनावी अभियान सञ्चाल’नमा साथ दिएका थिए । बालेन’लाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्की’लगायतले सह’योग गरेका थिए ।

सन्तोषको रेस्टुरेन्ट सो भवनको बेसमेन्टमा थियो । नक्शामा पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्ट अन्य व्य वसायमा प्रयोग गरेको पाइएपछि बालेनले हटाउन निर्देशन दिएका थिए ।

त्यसबमोजिम आज आफैंले रेस्टुरेन्ट हटा’एको थापाले फेसबुकबाट जानकारी दिएका छन् ।मेयर बाले’नले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

बालेनको चुनावी अभियानका क्रममा उनीहरूको टिमको थुप्रै छलफल र मिटिङहरू यही रेस्टरेन्टमा भएका थिए । बालेनका निकट सहयोगी कुमार बेनका अनुसार सन्तोष चुनावमा समेत सन्तोषले उनी’हरूको टिमकै सदस्य’का रूपमा सहयोग गरेका थिए । तर, नियम मिचेर व्यवसाय गर्न नदिने मेयरको अडानका कारण साथी भनेर छुट नपाएका बेनले बताए ।

दरबारमार्गस्थित लन्डन पव पनि हटाउन निर्देशन दिइएको छ । बेनका अनुसार उक्त पवका सञ्चालक सुरज बालेनका नजिकका साथी हुन् ।

बेसमेन्टमा नै सञ्चालन भएका कारण लन्डन पव खाली गराउन महानगरले निर्देशन दिएको हो । यसैगरी शंखमुलमा रहेको बर्गर हाउस पनि आफ्नै साथी सञ्चालक हुनुका बाबजुद बालेनले खाली गर्न लगाएका छन् ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal