महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृ त्यु भएको छ ।

२०७९ आश्विन २८ गते, शुक्रबार

महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृ त्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृ त्यु भएको प्रहरीले जनाएकाे छ ।

गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपि ट गरेका थिए । श्रीमानको कुटाईबाट गम्भीर घा,इते भएकी उनको असोज २० गते जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा विरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र स्वास प्रस्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा.सरोज ठाकुरले जानकारी दिए ।

प्रहरीले बिमलेश यादव विरुद्ध सुरूमा ज्यान मा र्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । कविताको मृ,त्यु पछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सरोज राईले बताए । आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो ।

माईतीपक्षले मृ,तकको अन्त्येष्टी गरेको छ । जनकपुर स्थित स्वर्गद्वारमा बुधवार अपरान्ह मृ तकको अन्त्येष्टी गरिएको हो । माईतीपक्षले दाईजोको कारण ह त्या गरिएको आरोप लगाएकाे छ ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal