कोरोना भाइरस : दूरीको नियम कसरी सुरु भयो ? कुन देशमा कति दूरीको मापदण्ड ?
ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट)को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोना भाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्।
के भन्छ विज्ञान ?
सामान्य ज्ञान के हो भने तपाईँ अरू सङ्क्रमित मानिससँग जति नजिक हुनुहुन्छ त्यति नै सङ्क्रमणको सम्भावना ज्यादा हुन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १ मिटरलाई सुरक्षित दूरी भनेको छ। कैयन् देशले यही मापदण्ड अनुसरण गरेका छन् भने यूकेले चाहिँ योभन्दा कडा मापदण्ड लगाएको छ।
कुन देशमा कति दूरीको मापदण्ड ?
भिन्न भिन्न देशले सामाजिक दूरीसम्बन्धी भिन्न भिन्न मापदण्ड तोकेका छन्।
– १ मिटर मापदण्ड: चीन, डेनमार्क, फ्रान्स, हङ्गकङ्ग, लिथुआनिया, सिङ्गापुर
– १.४ मिटर: दक्षिण कोरिया
– १.५ मिटर: अस्ट्रेलिया, बेल्जियम, ग्रीस, इटली, नेदर्ल्याण्ड्स, पोर्चुगल
– १.८ मिटर: अमेरिका
– २ मिटर: क्यानडा, स्पेन, यूके
तर केवल दूरीमा मात्र सङ्क्रमण भर पर्दैन। समय पनि महत्त्वपूर्ण हुन्छ। सङ्क्रमित व्यक्तिसँग जति धेरै समय नजिकै बितायो उति धेरै सङ्क्रमणको सम्भावना बढ्छ। यूके सरकारलाई परामर्श दिइरहेका वैज्ञानिकहरूका अनुसार १ मिटरको दूरीमा कसैसँग ६ सेकेण्ड बिताउनु र २ मिटरको दूरीमा १ मिनेट बिताउनु उस्तै उस्तै हो। कसैले खोकिरहेको बेला नजिक पर्नु थप जोखिमपूर्ण हुन्छ। खोकेको बेला २ मिटर टाढा रहनु र उही दूरीमा आधा घण्टासम्म कसैसँग कुराकानी गरिरहनुको पनि जोखिम उस्तै हुन्छ।
पछिल्ला अध्ययन के भन्छन् ?
‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमणको समीक्षा गरेका छन्। उनीहरूले अरू मानिससँग कम्तीमा १ मिटर टाढा रहनु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय भन्ने निचोड निकालेका छन्। १ मिटरभन्दा कम दूरीमा रहँदा सङ्क्रमणको जोखिम १३% हुन्छ भने त्योभन्दा टाढा रहँदा जोखिम घटेर ३% हुने उनीहरूले उल्लेख गरेका छन्। साथै, १ मिटरदेखि ३ मिटरबीच जति अतिरिक्त मिटरको दूरी कायम गरियो जोखिम पनि आधाको दरले घट्दै जाने अध्ययनले देखाएको छ।
दूरीको नियम कसरी सुरु भयो ?
यसको सुरुवात सन् १९३० ताका गरिएका अनुसन्धानबाट भए। खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने छिट्टा चाँडैनै वाष्पीकृत हुने तथा भुइँमा खस्ने वैज्ञानिकहरूले पत्ता लगाए। अधिकांश छिट्टा १ देखि २ मिटरभित्रै भुइँमा खसिसक्ने गरेको देखियो। त्यसैले धेरै जोखिम तब हुन्छ जब तपाइँको सामु कसैले नजिकै खोक्छ वा जब कुनै सतहमा लागेको खोकीबाट निस्किएको छिट्टा तपाइँले छुनुहुन्छ र हात अनुहारमा लैजानुहुन्छ।
के अन्य तरिकाबाट भाइरस फैलन्छ ?
अधिकांश वैज्ञानिकहरूका अनुसार निकटता तथा सङ्क्रमित सतहमा छुनु नै यसको फैलने मुख्य तरिका हो। तर केही अनुसन्धानकर्ता चाहिँ कोरोनाभाइरस हावामा रहने साना एरोसोल भनिने कणमार्फत् पनि सर्न सक्छ भन्नेमा चिन्तित छन्। यदि त्यसो हो भने कसैले फेरेको सासलाई हावाले बगाएर लामो दूरीसम्म भाइरस लगिदिन सक्छ। मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक लिडिया बुरूइबाले उच्च गतिको क्यामेरा प्रयोग गरेर हेर्दा त्यस्ता साना कण ६ मिटर परसम्म पुगेको पाइयो।
अनि चीनका अस्पतालमा गरिएका अध्ययनले ४ मिटरलाई सुरक्षित दूरी रहेको देखायो। तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भने सङ्क्रमण फैलाउन एरोसोलको भूमिका अहिलेको लागि अस्पष्ट रहेको जनाएको छ। २ मिटरभन्दा पर पुग्ने भाइरस कत्तिको सङ्क्रामक हुन्छ भन्ने बारे पनि थाहा भएको छैन।
अरू के थाहा छ ?
बाहिरी वातावरणमा भन्दा घरभित्र चाँडै सङ्क्रमण फैलनेबारे अधिकांश वैज्ञानिक सहमत छन्। जापानी अनुसन्धानकर्ताहरूले कोभिड-१९ का ११० बिरामीलाई अध्ययन गरेर उनीहरूको सम्पर्कबारे समीक्षा गरे।
उनीहरूका अनुसार घरबाहिर भन्दा घरभित्र सङ्क्रमण सर्ने सम्भावना १९ गुणा धेरै रहन्छ। कैयन् देशहरूमा सार्वजनिक यातायातको प्रयोग गर्दा होस् वा सामाजिक दूरी कायम गर्न नसकिने बन्द स्थानमा जाँदा होस्, नाकमुख ढाक्ने गरि मास्कको उपयोग गर्न निर्देशन जारी गरिएका छन्।
किन निश्चित् जबाफ अझै नपाइएको ?
कोरोनाभाइरस देखा परेको केही महिनामात्र भएको छ। यति छोटो समयमा वैज्ञानिकहरूले यो भाइरसबारे धेरै जानकारी पाइसके। तर पनि उचित दूरीजस्ता कैयन् विषयमा ठ्याक्कै निचोड दिन अझै समय लाग्नेछ। त्यसका निम्ति सजगतापूर्ण सञ्चालन गरिएका अध्ययनहरूको समीक्षा गरिनुपर्छ। त्यसका लागि समय लाग्नेछ।
ताजा
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





