कोरोना भाइरस : दूरीको नियम कसरी सुरु भयो ? कुन देशमा कति दूरीको मापदण्ड ?

ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट)को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोना भाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्।
के भन्छ विज्ञान ?
सामान्य ज्ञान के हो भने तपाईँ अरू सङ्क्रमित मानिससँग जति नजिक हुनुहुन्छ त्यति नै सङ्क्रमणको सम्भावना ज्यादा हुन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १ मिटरलाई सुरक्षित दूरी भनेको छ। कैयन् देशले यही मापदण्ड अनुसरण गरेका छन् भने यूकेले चाहिँ योभन्दा कडा मापदण्ड लगाएको छ।
कुन देशमा कति दूरीको मापदण्ड ?
भिन्न भिन्न देशले सामाजिक दूरीसम्बन्धी भिन्न भिन्न मापदण्ड तोकेका छन्।
– १ मिटर मापदण्ड: चीन, डेनमार्क, फ्रान्स, हङ्गकङ्ग, लिथुआनिया, सिङ्गापुर
– १.४ मिटर: दक्षिण कोरिया
– १.५ मिटर: अस्ट्रेलिया, बेल्जियम, ग्रीस, इटली, नेदर्ल्याण्ड्स, पोर्चुगल
– १.८ मिटर: अमेरिका
– २ मिटर: क्यानडा, स्पेन, यूके
तर केवल दूरीमा मात्र सङ्क्रमण भर पर्दैन। समय पनि महत्त्वपूर्ण हुन्छ। सङ्क्रमित व्यक्तिसँग जति धेरै समय नजिकै बितायो उति धेरै सङ्क्रमणको सम्भावना बढ्छ। यूके सरकारलाई परामर्श दिइरहेका वैज्ञानिकहरूका अनुसार १ मिटरको दूरीमा कसैसँग ६ सेकेण्ड बिताउनु र २ मिटरको दूरीमा १ मिनेट बिताउनु उस्तै उस्तै हो। कसैले खोकिरहेको बेला नजिक पर्नु थप जोखिमपूर्ण हुन्छ। खोकेको बेला २ मिटर टाढा रहनु र उही दूरीमा आधा घण्टासम्म कसैसँग कुराकानी गरिरहनुको पनि जोखिम उस्तै हुन्छ।
पछिल्ला अध्ययन के भन्छन् ?
‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमणको समीक्षा गरेका छन्। उनीहरूले अरू मानिससँग कम्तीमा १ मिटर टाढा रहनु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय भन्ने निचोड निकालेका छन्। १ मिटरभन्दा कम दूरीमा रहँदा सङ्क्रमणको जोखिम १३% हुन्छ भने त्योभन्दा टाढा रहँदा जोखिम घटेर ३% हुने उनीहरूले उल्लेख गरेका छन्। साथै, १ मिटरदेखि ३ मिटरबीच जति अतिरिक्त मिटरको दूरी कायम गरियो जोखिम पनि आधाको दरले घट्दै जाने अध्ययनले देखाएको छ।
दूरीको नियम कसरी सुरु भयो ?
यसको सुरुवात सन् १९३० ताका गरिएका अनुसन्धानबाट भए। खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने छिट्टा चाँडैनै वाष्पीकृत हुने तथा भुइँमा खस्ने वैज्ञानिकहरूले पत्ता लगाए। अधिकांश छिट्टा १ देखि २ मिटरभित्रै भुइँमा खसिसक्ने गरेको देखियो। त्यसैले धेरै जोखिम तब हुन्छ जब तपाइँको सामु कसैले नजिकै खोक्छ वा जब कुनै सतहमा लागेको खोकीबाट निस्किएको छिट्टा तपाइँले छुनुहुन्छ र हात अनुहारमा लैजानुहुन्छ।
के अन्य तरिकाबाट भाइरस फैलन्छ ?
अधिकांश वैज्ञानिकहरूका अनुसार निकटता तथा सङ्क्रमित सतहमा छुनु नै यसको फैलने मुख्य तरिका हो। तर केही अनुसन्धानकर्ता चाहिँ कोरोनाभाइरस हावामा रहने साना एरोसोल भनिने कणमार्फत् पनि सर्न सक्छ भन्नेमा चिन्तित छन्। यदि त्यसो हो भने कसैले फेरेको सासलाई हावाले बगाएर लामो दूरीसम्म भाइरस लगिदिन सक्छ। मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक लिडिया बुरूइबाले उच्च गतिको क्यामेरा प्रयोग गरेर हेर्दा त्यस्ता साना कण ६ मिटर परसम्म पुगेको पाइयो।
अनि चीनका अस्पतालमा गरिएका अध्ययनले ४ मिटरलाई सुरक्षित दूरी रहेको देखायो। तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भने सङ्क्रमण फैलाउन एरोसोलको भूमिका अहिलेको लागि अस्पष्ट रहेको जनाएको छ। २ मिटरभन्दा पर पुग्ने भाइरस कत्तिको सङ्क्रामक हुन्छ भन्ने बारे पनि थाहा भएको छैन।
अरू के थाहा छ ?
बाहिरी वातावरणमा भन्दा घरभित्र चाँडै सङ्क्रमण फैलनेबारे अधिकांश वैज्ञानिक सहमत छन्। जापानी अनुसन्धानकर्ताहरूले कोभिड-१९ का ११० बिरामीलाई अध्ययन गरेर उनीहरूको सम्पर्कबारे समीक्षा गरे।
उनीहरूका अनुसार घरबाहिर भन्दा घरभित्र सङ्क्रमण सर्ने सम्भावना १९ गुणा धेरै रहन्छ। कैयन् देशहरूमा सार्वजनिक यातायातको प्रयोग गर्दा होस् वा सामाजिक दूरी कायम गर्न नसकिने बन्द स्थानमा जाँदा होस्, नाकमुख ढाक्ने गरि मास्कको उपयोग गर्न निर्देशन जारी गरिएका छन्।
किन निश्चित् जबाफ अझै नपाइएको ?
कोरोनाभाइरस देखा परेको केही महिनामात्र भएको छ। यति छोटो समयमा वैज्ञानिकहरूले यो भाइरसबारे धेरै जानकारी पाइसके। तर पनि उचित दूरीजस्ता कैयन् विषयमा ठ्याक्कै निचोड दिन अझै समय लाग्नेछ। त्यसका निम्ति सजगतापूर्ण सञ्चालन गरिएका अध्ययनहरूको समीक्षा गरिनुपर्छ। त्यसका लागि समय लाग्नेछ।
ताजा

झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
२०७९ श्रावण २९ गते, आईतवार
झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
२०७९ श्रावण २९ गते, आईतवार
धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !
२०७९ श्रावण २९ गते, आईतवार
म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)
२०७९ श्रावण २९ गते, आईतवार
कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवार
डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव
२०७९ श्रावण २८ गते, शनिबार
निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार
२०७९ श्रावण २८ गते, शनिबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार