छोराको पिरमा सन्दिपका आमा बुबा दुबै बि,रामी, वकिलले गरे यस्तो खुलासा
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प,क्राउ गर्यो ।
एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसलधारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन ।
अनुहारमा मास्क र क्याप लगाएका सन्दीप प्रहरीले हातमा लगाइदिएको ह,त्कडीलाई रुमालले छोपेर बाहिर निस्किएका थिए ।
अनुहारको उदासी उनले लगाएको मास्कले छोप्न सकिरहेको थिएन । प्रहरी भ्यानतर्फ जाने क्रममा उनले ह,त्कडी लगाएको हातले उपस्थित सञ्चारकर्मीलाई ‘नमस्कार’ गर्ने प्रयास गरे ।
सन्दीपलाई प,क्राउ गर्न एआइजीको कमाण्डमा प्रहरीको ठूलै फौज बिमानस्थलमा तैनाथ थियो । प्रहरीका तीन–चार गाडी बिमानस्थल अगाडि तेर्स्याइएका थिए । उनलाई बाहिर निकाल्ने क्रममा पनि ठूलो सुरक्षा घेरा बनाइएको थियो ।
गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो ।
त्यहाँबाट फर्काएपछि सोही वृत्तको हिरासतमा राखिएको छ । आज हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए । सन्दीपका बाबुआमा भने चितवनमै छन् ।
मध्यमवर्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् सन्दीप । उनका बुवा पहिले भारतीय रेल्वेमा काम गर्थे । दाजु अहिले पनि भारतमा कार्यरत छन् । उनी भारतको हरियाणामा सानोतिनो व्यवसाय गर्छन् । सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् ।
सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेमा काम गर्थे । जागीरबाट रिटायर्ड भएपछि उनी नेपाल फर्किएका हुन् । चितवनको सौराहामा उनीहरुको घर छ ।
सन्दीपको घ,टना सार्वजनिक भएसँगै बुवाआमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो । अस्वस्थताका कारण उनीहरु आज काठमाडौं आउन सकेनन् ।
सन्दीपका दाजु मोहन भने अहिले भारतबाट काठमाडौं आएका छन् । उनले गौशला प्रहरीवृत्तमा सन्दीपलाई भेटेका थिए । सन्दीपले ल्याएका लगेज मोहनले नै बुझेर लगेका छन् ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





