चिया बेचेर महिनाकै लाखौं कमाउँछिन २३ बर्षकी हिरोईन जस्तै युवती

२०७९ आश्विन २१ गते, शुक्रबार

उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्नुहुन्छ । दिउँसो कलेज पढ्नुहुन्छ । जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो ।

 

उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले यसरी चिया बेच्न थालेको १ बर्ष भयो ।

त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँनुहुन्छ र १ लाख जोगाउँनुहुन्छ । आफ्नो भाई पढाउन र आफू पढ्न उहाँ राजधानीमा मेहेनत गरिरहनुभएको छ ।

काम सानो ठूलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोक्नुभएकी सरिता धेरै युवाहरुका लागि प्रेरणाको स्रोत पक्कै हो । असन र त्यस वरीपरी उहाँलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् ।

चिया पिउनेहरुले उहाँको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उहाँलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको उहाँ बताउँनुहुन्छ । ४

बर्ष अगाडि काठमाडौं आउनुभएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढ्नुभयो । बिस्तारै उहाँको परिवारलाई उहाँ र उहाँको भाईलाई पढाउन गाह्रो हुदै गएको सरिताले देख्नुभयो ।

कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उहाँले चिया बेच्ने निर्णय लिनुभयो । आफ्नो र भाईको पढाई जसरीपनि पूरा गर्ने उहाँले अठोट लिनुभयो ।

त्यसअघि उहाँले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देख्नुभएको थियो । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहनुभएकी सरिताले भाषा कक्षा छोड्नुभयो र चिया बेच्न थाल्नुभयो ।

 

उहाँको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उहाँले सुरुको दिन भने ४ सय रुपैंया कमाउँनुभयो ।

चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफूलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उहाँको गुनासो छ । तर उनीहरुलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ है भन्दै सम्झाउँदै अघि बढिरहेको उहाँको भनाई छ ।

 

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal