मतदाताले रेखालाई भने-रिल लाईफमा हाम्रो आवाज उठाउनु भयो, अब रियललाईफमा चुनाब जिताएर सदन सम्म पुरियाउछौ

२०७९ भाद्र २८ गते, मंगलवार

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट  राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा नाम सिफारिस भएकी चर्चित नायिका तथा युवा नेता रेखा थापाले आज बेलबारीका गाउँटाेल वडाहरुमा स्थानिय सङ्ग यस क्षेत्रका विभिन्न समस्याका विषयहरुमा छलफल गरेकी छिन।

हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृ,णा दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताईन।

थापाले ठगहरुलाई लखेट्ने बताउदै आफ्नो मत खेर नफाल्न आग्रह गरेकी छिन। अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन्। 

पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब नयाँ असल उम्मेदवारलाई मतदान गर्नेछौ, एक स्थानीयले भने उहाँले रिल लाईफमा हाम्रो समस्याहरु उठाउनु भएको छ। अब जनताका आवाज बोल्न स,मस्याको समाधान गर्न सदनसम्मै पुर्याउनेछौ।’

रेखाससङ्ग स्थानियले विभिन्न समस्या राख्दै मत जिताउने प्रतिबद्धता गरे।रेखाले पनि जितहार जे भए नि आफू सधै साथ रहने बताईन ।

उनले भनिन्- म तपाईहरुसङ्ग आत्मजागरण गराउन आएको हु । तपाईहरुको मत अब कदापी खेर जानू हुन्न । भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरे ।

रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारेसमेत निकै गम्भीरतापूवर्क बताउने गरेको उनले बताइन् ।

थापाले मतदातासङ्ग भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ-गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाब-किताब गर्न आएकी छु।

म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’ महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आउने छु, उनले भनिन्-‘महिला दिदीबहिनीहरूलाई राति हिँड्दा कसैले छोयो भने म काली बनेर सुरक्षा गर्न आउँछु।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal