हेर्नुहाेस् माेरङमा रेखा थापाकाे क्रेज,

२०७९ भाद्र २८ गते, मंगलवार

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् ।

चुनावी अभियान अन्तरगत सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले सबै उमेर समूहका मतदाताहरुको अपार माया पाइरहेको बताइन ।

तपाईहरुको समस्यासँग जुध्न उम्मेदवार बनेर आउने बताएपछि स्थानीयहरुले रेखाको पक्षमा नारा लगाएका थिए । उनले नेता भनेको शासक होइन सेबक हुनुपर्ने बताईन ।

रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिलाहरुले अंकमाल गरेर उम्मेदवारीप्रती खुशी साटासाट गरेका थिए ।

उम्मेदवार सिफारिस भएपछि उनी क्षेत्र नं ३ का मतदाता भेटन व्यस्त छिन् । रातो कुर्तामा सजिएर उनी जनताको घरदैलोमा पुगिरहेकी छिन् । जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ, थापाले भनिन् ।

भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गर्ने गरेका छन् । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले यो समस्याबारेसमेत निकै गम्भीरतापूवर्क बताउने गरेको उनले बताइन् ।

कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४,५,६,७ मा सोमबार रेखाको व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको राप्रपा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए ।

उनका अनुसार पुराना उम्मेदवारले आश्वासनको खेती गरेकाले रेखासँग मतदाताहरु आसाबादी रहेको न्यौपानेले बताए ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal