महानगरको नजरपछि फेरिएको असन
बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्रायः टिमुर, मरिच, बिरेनुन जस्ता परम्परागत तथा अन्य काजु, बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनुहुन्छ ।
सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नुहुन्छ, असन त सधैँ आएकै हो तर, यसपटक आउँदा भने आनन्द लाग्यो ।
वर्षौँदेखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।’
सधैँ व्यस्त र भिडभाड रहने असनमा अहिले पनि भिड त घटेको छैन । तर, पैदल यात्रु र किनमेल गर्न आउने ग्राहकका लागि भने होलो, खुकुलो र सहज बनेको छ । काठमाण्डौ महानगरले अनधिकृत संरचना हटाउने र फुटपाथ पसल निषेध गरेपछि असनको यो स्वरुप देखिएको हो ।
असन चोकमा पुस्तौँदेखि भाइमसलाको व्यापार गरिरहनु भएका योगेश्वर मुल्मी पनि महानगरको फुटपाथ पसल हटाउने यो कदमले खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फुटपाथ पसलले गर्दा हामीकहाँ आउन लागेको ग्राहक पनि अनावश्यक भिडभाडले आउन नसक्ने अवस्था थियो ।’
उहाँ अगाडि थप्नुहुन्छ, ग्राहक आइ हाले पनि हतार हतार किनमेल गरेर जानु पर्दा ग्राहकले किन्न आएको सामान बिर्सने ।
कहिले किनेको सामान नै बिर्सने हुँदा ग्राहक आउन नै झण्झट मान्ने हुन्थ्यो । अब सुधार आएको छ हेर्दा पनि राम्रो देखिएको छ । विशेषगरी पैदलयात्रीलाई एकदमै सहज भएको छ ।
फुटपाथ पसल हटेपछि खुसी देखिनु भएका मुल्मी भन्नुहुन्छ, ‘अब त हाम्रो पनि व्यापार बढ्ला भनेर आश गरेका छौँ ।’
असन चोकको मन्दिर वरपर रहने फुटपाथ पसल र दायाँबायाँका पसलेले पसलभन्दा बाहिर सामान बाटोमा राख्ने गर्दा पैदलयात्रीलाई हिँड्न असहज बनेको थियो ।
र बाहिर सामान झुण्ड्याउँदा सडक कुरुप देखिन्थ्यो । महानगरपालिकाको कदमपछि यी दुवै कुरामा सुधार देखिएको छ । हेर्दा खुला र व्यवस्थित पनि देखिएको छ ।
असन भएर हिँड्दै न्युरोड जान लाग्नु भएका श्याम केसी पनि फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा खुसी हुनुहुन्छ ।
महानगरको यो कदमलाई धन्यवाद दिँदै केसी भन्नुहुन्छ, असन भनेपछि सधैँ भिड हुने ठाउँ नै हो । हुनत अहिले पनि भिड नै छ तर, पनि हिँड्न सजिलो भएको छ । फुटपाथ पसल छैन । यसले धेरै नै सजिलो भएको छ ।’
उहाँ अगाडि भन्नुहुन्छ, ‘फुटपाथ पसल हटेर हिँड्न धेरै नै सजिलो भएको हो । अझ यहाँका पसलेले बाहिर सामान निकालेर पनि हिँड्न गाह्रो हुन्थ्यो । अहिले त्यो पनि महानगरले बन्द गराएछ । त्यसले पनि पैदलयात्रीलाई भने निकै नै सजिलो भएको छ ।’
ताजा
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





