महानगरको नजरपछि फेरिएको असन

बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्रायः टिमुर, मरिच, बिरेनुन जस्ता परम्परागत तथा अन्य काजु, बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनुहुन्छ ।
सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नुहुन्छ, असन त सधैँ आएकै हो तर, यसपटक आउँदा भने आनन्द लाग्यो ।
वर्षौँदेखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।’
सधैँ व्यस्त र भिडभाड रहने असनमा अहिले पनि भिड त घटेको छैन । तर, पैदल यात्रु र किनमेल गर्न आउने ग्राहकका लागि भने होलो, खुकुलो र सहज बनेको छ । काठमाण्डौ महानगरले अनधिकृत संरचना हटाउने र फुटपाथ पसल निषेध गरेपछि असनको यो स्वरुप देखिएको हो ।
असन चोकमा पुस्तौँदेखि भाइमसलाको व्यापार गरिरहनु भएका योगेश्वर मुल्मी पनि महानगरको फुटपाथ पसल हटाउने यो कदमले खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फुटपाथ पसलले गर्दा हामीकहाँ आउन लागेको ग्राहक पनि अनावश्यक भिडभाडले आउन नसक्ने अवस्था थियो ।’
उहाँ अगाडि थप्नुहुन्छ, ग्राहक आइ हाले पनि हतार हतार किनमेल गरेर जानु पर्दा ग्राहकले किन्न आएको सामान बिर्सने ।
कहिले किनेको सामान नै बिर्सने हुँदा ग्राहक आउन नै झण्झट मान्ने हुन्थ्यो । अब सुधार आएको छ हेर्दा पनि राम्रो देखिएको छ । विशेषगरी पैदलयात्रीलाई एकदमै सहज भएको छ ।
फुटपाथ पसल हटेपछि खुसी देखिनु भएका मुल्मी भन्नुहुन्छ, ‘अब त हाम्रो पनि व्यापार बढ्ला भनेर आश गरेका छौँ ।’
असन चोकको मन्दिर वरपर रहने फुटपाथ पसल र दायाँबायाँका पसलेले पसलभन्दा बाहिर सामान बाटोमा राख्ने गर्दा पैदलयात्रीलाई हिँड्न असहज बनेको थियो ।
र बाहिर सामान झुण्ड्याउँदा सडक कुरुप देखिन्थ्यो । महानगरपालिकाको कदमपछि यी दुवै कुरामा सुधार देखिएको छ । हेर्दा खुला र व्यवस्थित पनि देखिएको छ ।
असन भएर हिँड्दै न्युरोड जान लाग्नु भएका श्याम केसी पनि फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा खुसी हुनुहुन्छ ।
महानगरको यो कदमलाई धन्यवाद दिँदै केसी भन्नुहुन्छ, असन भनेपछि सधैँ भिड हुने ठाउँ नै हो । हुनत अहिले पनि भिड नै छ तर, पनि हिँड्न सजिलो भएको छ । फुटपाथ पसल छैन । यसले धेरै नै सजिलो भएको छ ।’
उहाँ अगाडि भन्नुहुन्छ, ‘फुटपाथ पसल हटेर हिँड्न धेरै नै सजिलो भएको हो । अझ यहाँका पसलेले बाहिर सामान निकालेर पनि हिँड्न गाह्रो हुन्थ्यो । अहिले त्यो पनि महानगरले बन्द गराएछ । त्यसले पनि पैदलयात्रीलाई भने निकै नै सजिलो भएको छ ।’
ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबार
‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)
२०८२ बैशाख १२ गते, शुक्रबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार