एमालेले घुमायो दिमागः कांग्रेसले पनि दियो ग्रिन सिग्नल, प्रचण्ड–माधवको हविगत अब के होला ?

सत्तागठबन्धनमा आसन्न चुनावका लागि सिटको हानथाप भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दिमाग घुमाएको छ । उसले गज्जबको प्रस्ताव अघि सारेको हो ।
यो प्रस्तावलाई पार्टीका नेताकार्यकर्ता नभई स्वतन्त्र जनताले समेत साथ दिएका छन् । सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ ।
‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।
यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।
तर, गठबन्धनका अन्य दलहरू नै कांग्रेसलाई बहुमतप्राप्त गर्नबाट रोक्न खोजिरहेका छन् । यसका लागि सीट बाँडफाँटमै ‘लगाम’ लगाएर चुनावमा जाने उनीहरूको रणनीति छ ।
यही कारण सीट बाँडफाँटको विषय कांग्रेसका लागि टाउको दुखाई बनेको छ । यसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भूमिका खेलिरहेका छन् । माओवादी केन्द्रले कांग्रेसलाई ८० सीटमा रोक्न चाहेको छ ।
त्यसो हुँदा कांग्रेसले ७० सीटमै जितेपनि आफू निर्णायक शक्ति हुने उसको बुझाई छ । अर्कातिर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई ७० सीटभन्दा बढी छाड्न नसकिने अडानमा छन् । उनको पार्टीले पनि ४० सीट मागिरहेको छ ।
यस्तै कांग्रेसको बलियो जनाधार रहेको मधेसमा जनता समाजवादी पार्टीले ३२ मध्ये २० सीटसहित देशका अन्य ठाउँबाटगरी समग्रमा ३२ सीट मागिरहेको छ । एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ ।
यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ११ सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।
कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ । एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए ।
कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।
एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् । तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।
एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं ।
कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ ।
‘उहाँहरू(कांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने, एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’
कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेको एमालेको बुझाइ छ । कांग्रेसले यति भाग नदिए एमालेतिर लाग्छु भनेर प्रचण्डले दङ्ग्याइरहेको एमलेले बुझेको छ ।
‘यही कुरा कांग्रेसलाई भनिरहेको छौं । प्रचण्डले एमाले देखाएर कांग्रेसलाई त्रासमा राखेको डर अहिल्यै समाप्त पारौं । यो घाडो अब नबोकौं ।
एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् । ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए ।
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार