एमालेले घुमायो दिमागः कांग्रेसले पनि दियो ग्रिन सिग्नल, प्रचण्ड–माधवको हविगत अब के होला ?
सत्तागठबन्धनमा आसन्न चुनावका लागि सिटको हानथाप भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दिमाग घुमाएको छ । उसले गज्जबको प्रस्ताव अघि सारेको हो ।
यो प्रस्तावलाई पार्टीका नेताकार्यकर्ता नभई स्वतन्त्र जनताले समेत साथ दिएका छन् । सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ ।
‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।
यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।
तर, गठबन्धनका अन्य दलहरू नै कांग्रेसलाई बहुमतप्राप्त गर्नबाट रोक्न खोजिरहेका छन् । यसका लागि सीट बाँडफाँटमै ‘लगाम’ लगाएर चुनावमा जाने उनीहरूको रणनीति छ ।
यही कारण सीट बाँडफाँटको विषय कांग्रेसका लागि टाउको दुखाई बनेको छ । यसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भूमिका खेलिरहेका छन् । माओवादी केन्द्रले कांग्रेसलाई ८० सीटमा रोक्न चाहेको छ ।
त्यसो हुँदा कांग्रेसले ७० सीटमै जितेपनि आफू निर्णायक शक्ति हुने उसको बुझाई छ । अर्कातिर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई ७० सीटभन्दा बढी छाड्न नसकिने अडानमा छन् । उनको पार्टीले पनि ४० सीट मागिरहेको छ ।
यस्तै कांग्रेसको बलियो जनाधार रहेको मधेसमा जनता समाजवादी पार्टीले ३२ मध्ये २० सीटसहित देशका अन्य ठाउँबाटगरी समग्रमा ३२ सीट मागिरहेको छ । एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ ।
यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ११ सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।
कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ । एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए ।
कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।
एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् । तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।
एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं ।
कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ ।
‘उहाँहरू(कांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने, एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’
कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेको एमालेको बुझाइ छ । कांग्रेसले यति भाग नदिए एमालेतिर लाग्छु भनेर प्रचण्डले दङ्ग्याइरहेको एमलेले बुझेको छ ।
‘यही कुरा कांग्रेसलाई भनिरहेको छौं । प्रचण्डले एमाले देखाएर कांग्रेसलाई त्रासमा राखेको डर अहिल्यै समाप्त पारौं । यो घाडो अब नबोकौं ।
एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् । ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





