भारतको गोटी भएको आ,रोप खेप्दै आएका प्रचण्डको ‘गोप्य भेट’ भयो लिक, माओवादीकै नेताकार्यकर्ता बने आ,क्रोशित !

२०७९ भाद्र २७ गते, सोमबार

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको गोटी भएको आ,रोप खेप्दै आएका छन् । यो आ,रोपलाई पुष्टि हुनेगरी प्रचण्डले कदम समेत चाल्न थालेका छन् ।

केही महिनाअघि प्रचण्डले भारतको भ्रमण गरेर फर्किने बित्तिकै नागरिकता विधेयकलाई प्रतिनिधीसभाबाट पारित गराउन मेनरोल खेले । राष्ट्रहित विपरितको प्रावधान रहेको भन्दै व्यापक वि,रोध भइरहेको यो विधेयक तत्काल राष्ट्रपतिले प्रमाणिकरण गर्नैपर्ने प्रचण्डले बताइरहेका छन् ।

यसैबीच, चुनावको मुखैमा प्रचण्डले गरेको अर्को गोप्य भेटलाई लिएर माओवादीकै नेताकार्यकर्ता आ,क्रोशित बनेका छन् ।

प्रचण्डले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न श्रीवास्तव २२ सिडि ३५ नम्बरको गाडीमा शनिवार खुमलटार पुगेको स्रोतले बतायो ।

स्रोतकाअनुसार श्रीवास्तवसंगै नेपालका लागि भारतीय गूप्तचर संस्था रअका स्टेशन प्रमुख राघव भटनागर समेत दाहाल निवास पुगेका थिए ।

नागरिकता विद्येयक, सत्ता गठबन्धनबीच सिटको बांडफांड र चिनियां जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने तयारी भइरहेको बेला भारतिय राजदूतले दाहाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्डको गोप्य भेटको खबर विभिन्न अनलाइन मिडियाहरुमा आएपछि माओवादीकै नेताकार्यकर्ताले यही बेला किन यस्तो भेट गरेको होला भन्दै प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

दाहालले पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता बिद्येयक अस्वीकार गर्ने भए राजीनामा दिएर सडकमा आउन भनेको अभिव्यक्ति दिनुका साथै आफु र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणबारे चिनियां राजदूतले चांसो राखेको बताएका थिए ।

दाहालले चिनियां राजदूतको प्रशंङग निकालेको भोलिपल्ट भारतीय राजदूत रअ प्रमुखलाई लिएर खुमलटार पुगेका हुन् । माओवादी अध्यक्ष दाहाल चीन भ्रमणमा जाने तयारीमा छन् ।

तर, चिनियां पक्षले भने उनको भ्रमणको लागि ग्रिन सिंग्नल नदिएको स्रोत बताउंछ । दाहालले आगामी मंसिरपछि हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रयास सुरु गरिसकेका छन् ।

दाहालले चिनियां राष्ट्रपति सी जिनपिङसंग भेट गर्न खोजेपनि चिनियां पक्षले भने त्यो सम्भव नभएको जवाफ दिएपछि दाहाल निरास बनेको बताइन्छ ।

उनले भारतपछि जापानको भ्रमण गरेका थिए । दाहालको भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम भने अन्तिममा रद्द गरिएको थियो ।

रअ प्रमुख सामन्त गोयलले उनको भेट रोकेको चर्चा छ । पछिल्लो समय दाहाल र अमेरिकी अधिकारीहरुबीच समेत बाक्लो छलफल हुने गरेको छ । उनले अमेरिका भ्रमणका लागि समेत प्रयास गरिरहेका छन् । साभार- प्रहार नयुज

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal