महारानी एलिजाबेथ ७०, वर्ष सम्म शासनमा दुई पटक नेपाल भ्रमण

२०७९ भाद्र २४ गते, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६, वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६, अप्रिल २१, मा लन्डनको माइफेरमा जन्मिनु भएकी एलिजाबेथ बेलायतमा सबै भन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२, मा बेलायतको महारानी बन्नु भयो । उहाँले ७०, वर्षसम्म शासन गर्नु भयो । उहाँको नि,धन पछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नु भएको छ ।

चार्ल्स तृतीयले आमाको नि,धन एउटा ठूलो दुःखको क्षण भएको बताउनु भएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यस अघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिए पछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनु भएको थियो । 

महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५, जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयाको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ । तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।

शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिका माथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनु भयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्ले खनीय छ । त्यस माथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दी सँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुबहुन्छ । उहाँको शिक्षा-दिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नु;भयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नु”भएको थियो।

नेपाल सम्बन्ध

सन् १८१६, देखि बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको छ । एलिजाबेथ पनि गोर्खा सेनाकै सुरक्षामा हुर्कनु भयो । बेलायतमा गोर्खा सेनालाई निकै महत्त्व दिने गरिन्छ । दोस्रो विश्वयुद्धपछि बेलायत साम्राज्यको धमाधम अन्त्य भयो । एलिजाबेथ सन् १९५२,मा महारानी बनेलगत्तै विभिन्न देशको भ्रमण थालनी भयो ।

नयाँ महारानी सन् १९५३, नोभेम्बरमा विभिन्न देशहरुको भ्रमणमा निस्कने बेला”सम्ममा बेलायतको नियन्त्रणमा रहेका भारत सहितका धेरै देशले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी हुनुबभयो ।

आफ्नो शासनकालमा उहाँले नेपालसहित विश्वका १००,सय १७,देशको भ्रमण गर्नु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महारानी एलिजाबेथले सन् १९६० र १९८६,विक्रम सम्वत् २०१८ र २०४४, मा नेपाल भ्रमण गर्नु भएको थियो । दुई देश बीचको उच्चस्तरीय भ्रमणको सुरुवात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १९५०, को बेलायत भ्रमणदेखि सुरु भएको थियो ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal