महारानी एलिजाबेथ ७०, वर्ष सम्म शासनमा दुई पटक नेपाल भ्रमण
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६, वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६, अप्रिल २१, मा लन्डनको माइफेरमा जन्मिनु भएकी एलिजाबेथ बेलायतमा सबै भन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२, मा बेलायतको महारानी बन्नु भयो । उहाँले ७०, वर्षसम्म शासन गर्नु भयो । उहाँको नि,धन पछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नु भएको छ ।
चार्ल्स तृतीयले आमाको नि,धन एउटा ठूलो दुःखको क्षण भएको बताउनु भएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यस अघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिए पछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनु भएको थियो ।
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५, जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयाको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ । तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।
शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिका माथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनु भयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्ले खनीय छ । त्यस माथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दी सँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुबहुन्छ । उहाँको शिक्षा-दिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नु;भयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नु”भएको थियो।
नेपाल सम्बन्ध
सन् १८१६, देखि बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको छ । एलिजाबेथ पनि गोर्खा सेनाकै सुरक्षामा हुर्कनु भयो । बेलायतमा गोर्खा सेनालाई निकै महत्त्व दिने गरिन्छ । दोस्रो विश्वयुद्धपछि बेलायत साम्राज्यको धमाधम अन्त्य भयो । एलिजाबेथ सन् १९५२,मा महारानी बनेलगत्तै विभिन्न देशको भ्रमण थालनी भयो ।
नयाँ महारानी सन् १९५३, नोभेम्बरमा विभिन्न देशहरुको भ्रमणमा निस्कने बेला”सम्ममा बेलायतको नियन्त्रणमा रहेका भारत सहितका धेरै देशले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी हुनुबभयो ।
आफ्नो शासनकालमा उहाँले नेपालसहित विश्वका १००,सय १७,देशको भ्रमण गर्नु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महारानी एलिजाबेथले सन् १९६० र १९८६,विक्रम सम्वत् २०१८ र २०४४, मा नेपाल भ्रमण गर्नु भएको थियो । दुई देश बीचको उच्चस्तरीय भ्रमणको सुरुवात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १९५०, को बेलायत भ्रमणदेखि सुरु भएको थियो ।
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





