महारानी एलिजाबेथ ७०, वर्ष सम्म शासनमा दुई पटक नेपाल भ्रमण
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६, वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६, अप्रिल २१, मा लन्डनको माइफेरमा जन्मिनु भएकी एलिजाबेथ बेलायतमा सबै भन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२, मा बेलायतको महारानी बन्नु भयो । उहाँले ७०, वर्षसम्म शासन गर्नु भयो । उहाँको नि,धन पछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नु भएको छ ।
चार्ल्स तृतीयले आमाको नि,धन एउटा ठूलो दुःखको क्षण भएको बताउनु भएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यस अघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिए पछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनु भएको थियो ।
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५, जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयाको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ । तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।
शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिका माथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनु भयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्ले खनीय छ । त्यस माथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दी सँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुबहुन्छ । उहाँको शिक्षा-दिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नु;भयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नु”भएको थियो।
नेपाल सम्बन्ध
सन् १८१६, देखि बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको छ । एलिजाबेथ पनि गोर्खा सेनाकै सुरक्षामा हुर्कनु भयो । बेलायतमा गोर्खा सेनालाई निकै महत्त्व दिने गरिन्छ । दोस्रो विश्वयुद्धपछि बेलायत साम्राज्यको धमाधम अन्त्य भयो । एलिजाबेथ सन् १९५२,मा महारानी बनेलगत्तै विभिन्न देशको भ्रमण थालनी भयो ।
नयाँ महारानी सन् १९५३, नोभेम्बरमा विभिन्न देशहरुको भ्रमणमा निस्कने बेला”सम्ममा बेलायतको नियन्त्रणमा रहेका भारत सहितका धेरै देशले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी हुनुबभयो ।
आफ्नो शासनकालमा उहाँले नेपालसहित विश्वका १००,सय १७,देशको भ्रमण गर्नु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महारानी एलिजाबेथले सन् १९६० र १९८६,विक्रम सम्वत् २०१८ र २०४४, मा नेपाल भ्रमण गर्नु भएको थियो । दुई देश बीचको उच्चस्तरीय भ्रमणको सुरुवात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १९५०, को बेलायत भ्रमणदेखि सुरु भएको थियो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





