अहिलेको निर्वाचनमा मलाई जिताउनुस् म बिदेशमा भएका ५० हजार युवालाई स्वदेश फर्काउँछु : रायमाझी

२०७९ भाद्र २३ गते, बिहीबार

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन् ।

युवाहरूलाई स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए ।

उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने,

जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको बताए ।

गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

उनले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना माओवादीले राखेको जानकारी दिए ।

उनका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताए ।

त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। आज अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन।

जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिइएको काठमाडौं प्रशासनले जनाएको छ। गत शुक्रबार काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा गुरुङले मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै पक्राउ गरिएको थियो ।

उनीमाथि अभद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। तर, मन्त्री श्रेष्ठको चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले सोमबार प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रजिअ रिजाललाई निर्देशन दिएका थिए ।

त्यसको केही बेरमै रिजालले प्रहरीलाई बोलाएर गुरुङसम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिएका थिए ।त्यस्तै नेपाल श्रमिक आपूर्तिकर्ता संघका तर्फबाट अध्यक्ष रामेश्वर शाहले गुरुङलाई पक्राउ गरी थुनामा राखेकोमा आपत्ति जनाउँदै रिहा गर्न माग गरेका थिए ।

त्यति मात्र होइन, निर्दोषलाई सत्ताको आडमा थुनाएको भन्दै विरोध भएपछि मन्त्री श्रेष्ठको सचिवालयले पनि ‘गुरुङले गल्ती महसुस गरेको’ जिकिर गर्दै उनलाई नियन्त्रणमुक्त गरिदिन आग्रहसहित विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्रशासन आफैंले म्याद थप गर्न लगाएको निर्णयबाट पछि हटेर गुरुङलाई थुनामुक्त गरेको हो ।

यस घटनाले सत्ताको आडमा निर्दोषलाई पक्राउ गर्ने र चौतर्फी दबाबपछि बाध्य भएर पछि हट्ने सत्ताको नियत छताछुल्ल पारिदिएको छ । मन्त्री श्रेष्ठले सत्ता र शक्तिको आडमा गुरुङलाई पक्राउ गर्न लगाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।

आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले उनका अंगरक्षक रवीन कार्कीमार्फत शुक्रबार ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा कार्यरत सुरक्षा गार्ड गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal