निधि पहाडी जिल्ला जान खोज्नु अर्थपूर्ण

२०७९ भाद्र १७ गते, शुक्रबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयासले हालसम्म मूर्त रुप लिन सकेको छैन । लोसपालाई गठबन्धनमा भित्र्याउन नेपाली काँग्रेस बाहेकका दलहरु बाधक बनेको जानकारहरुले बताएका छन् । बरु आत्मालोचना गरेर आ–आफ्नो गल्ती स्वीकारे जसपा र लोसपाको फेरि एकीकरण हुने चर्चा चलेको भए पनि यी दुबै दलका नेता तथा कार्यकर्ताहरु सि.के. राउत नेतृत्वको जनमत पार्टीतिर धमाधम प्रवेश गर्ने लहर चलेको छ ।

लोसपालाई सत्ता गठबन्धनमा समावेश नगरिए धनुषा–३ बाट काँग्रेस नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिलाई आगामी मंसिर ४ गते हुने निर्वाचन लड्न सहज हुने नत्र गठबन्धन भएमा लोसपा नेता राजेन्द्र महतोसँग चुनाव लड्न समस्या पर्ने देखिएको छ । गठबन्धन भएमा धनुषा–३ निधिले महतोलाई छाड्नुपर्ने निश्चित छ ।
काँग्रेसको १४औं महाधिवेशन अगाडि नङ र मासुको जस्तो रहेको देउवा–निधि सम्बन्ध अहिले नदीको दुई किनार जस्तै बनेको छ । मधेश प्रदेशमा लोसपासँग तालमेल गरेर काँग्रेसको सिट बढे देउवाले निधिलाई धनुषा–३ बाट जिताउन आवश्यक देखेका छैनन् । तसर्थ निधिले यी सबै कुराको अध्ययन गरेर नै आफू धनुषा–३ आफ्नो निर्वाचन क्षेत्र छाड्ने निर्णयमा पुगेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

कुनै बेला मधेशका पिलर भनिने निधि १४औं महाधिवेशन पछि टेकोमा परिणत भएका छन् । काँग्रेसका संस्थापक नेता समेत रहेका पिता महेन्द्रनारायण निधिले २०४८ मा निर्वाचन जितेपछि २०५१ को मध्यावधि र त्यसपछि निर्वाचन क्षेत्र हेरफेर भएपछि २०६४ र २०७० को निर्वाचनमा विमलेन्द्र निधिले धनुषा–३ बाट चुनाव जितेर भौतिक योजना र गृहजस्तो मालदार मन्त्रालयको मन्त्री बनेका थिए ।


२०७४ को निर्वाचनमा निधिले लोसपाका नेता राजेन्द्र महतोसँग तीन हजार बढी मतले चुनाव हारे । चुनावी राजनीतिमा सधैं मधेश र धनुषालाई कर्मथलो बनाएर मधेशी जनताको सेवामा लग्दै आएका निधि २०७४ को चुनाव र १४औं महाधिवेशनमा प्राप्त मतले विक्षिप्त भै समानुपातिक वा पहाडी जिल्लाबाट चुनाव लड्ने निर्णयमा पुगेको जानकारहरुले बताएका छन् । नेता निधिले काठमाडौं, मुगु, रोल्पा, पाँचथर, ताप्लेजुङ र सिन्धुलीबाट चुनाव लड्ने चासो देखाएका छन् । त्यसमा पनि सिन्धुली उनको रोजाईमा परेको छ ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal