आज देखियो बालेनको पावर, अल्टीमेटम दिएको २४ घण्टा नपुग्दै १७ लाख लिएर महानगरमा हाजिर भयो फनपार्क !
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक पछि अर्को कमाल गर्दैै गएका छन्।
मूल नेतृत्वले इमान्दारीताका साथ पहल गर्न सक्यो भने परिवर्तनको आभाष जनतालाई दिन धेरै समय लाग्ने छैन भन्ने उदाहरण बालेनले राम्रोसँग देखाइरहेका छन् ।
मेयर निर्वाचित भए पछिको लामो समय काठमाडौको फो,होर व्यवस्थापनका लागी लगाएका बालेनले काठमाडौँको फो,होरको सहज रुपमा उठ्न थाले लगत्तै अरु क्षेत्रमा पनि आ,क्रामक रुपमा सुधारको सुरुवात गरेका छन् ।
कानुन विपरित बनेका अवैध संरचना भत्काउन आफैँ डोजर लिएर हिडे पछि चुलिएको बालनेको चर्चा अझै रोकिएको छ ।
बालेनले चौतर्फी रुपमा सुधारको सुरुवात गरेका छन् । एकातिर अवैध संरचना भ,त्काउन डोजर चलेका छन् भने अब बालेनको ध्यान ठूलो नाफा कमाउने गरी व्यापार गर्ने तर कर नतिर्ने व्यवसायी तिर सोझिएको छ ।
राजनितीक पावरको आडमा कर नतिरी व्यवसाय गर्दैै आएको भृकुटीमण्डप स्थित फन पार्कलाई बालेनले एक्सन लिएका छन् ।
८ बर्ष देखि महानगरलाई तिर्नु पर्ने कर नतिरी व्यवसाय गर्दै आएको फन पार्कले काठमाडाैं महानगरपालिकाले २४ घण्टा भित्र सम्पुर्ण कर तिर्न अल्टीमेटम सहित पत्र काटेको २४ घण्टा नपुग्दै महानगरमा पुगेर कर तिरेको छ ।
८ बर्ष देखि पेल्दै आएको फन पार्क बालेनको अल्टीमेटम सहितको पत्र आएको २४ घण्टा नपुग्दै १७ लाख रुपैँया लिएर महानगरमा हाजिर भएको छ ।
भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको छ।
‘फन पार्कले हामीलाई बुझाउनु पर्ने शुल्क आज बुझाएको छ’ उनले भने ‘फन पार्कले समाज कल्याणलाई बुझाउनुपर्ने रकम पनि बुझाएको जनाएको छ।’
बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौं फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन पत्र काटेको थियो।
महानगरले तोकिएको समयभित्र नबुझाएमा फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुलउपर गरिने उक्त पत्रमा जनाइएको थियो।
यदी आज फनपार्कले तिर्नु पर्ने कर नतिरेको भए भोली बालेनको टोली ताल्चा लिएर फनपार्क बन्द गर्न जाने तयारीमा रहेको थियो । सो कुरा बुझेरनै आजै फन पार्कले १७ लाख रुपैँया कर बुझाएको छ ।
फन पार्क नेपाली काग्रेसका नेता टेकबहादुर गुरुङको हो । उनी श्रम राज्यमन्त्री समेत भइसकेका व्यक्ति हुन् । मेनपावर व्यवसायी समेत रहेका गुरुङले श्रम राज्यमन्त्री भएका बेला फ्रिभिसा ,फ्रि टिकटको व्यवस्था गरेर चर्चामा आएका छन्।
राजनितीक पावरका आधारमा उनले भृकुटी मण्डपको जग्गा निकै सस्तोमा लिएर व्यवसाय गर्दै आएको समेत आरोप लाग्ने गरेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





