कुलमान घिसिङलाई काठमाण्डौको उम्मेरद्वार बनाउने मा,ओवादीको तयारी
नेपाल विद्युत प्राधिकरणका कार्यरकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी कार्यकर्ताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन्।
घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी केन्द्रका काठमाडौंमा क्रियाशील नेताहरूले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन्। घिसिङलाई उम्मेदवार बनाउन आफूहरूले सुझाव दिएको नेकपा माओवादी केन्द्रका नेता अनिल शर्माले बताए।
‘म लगायत केही साथीहरूले कुलमानजीलाई उम्मेदवार बनाउँदा राम्रो हुन्छ भनेका छौं। अध्यक्षले यो कुरालाई सकारात्मक ढंगले लिनुभएको छ, शर्माले भने, उहाँलाई काठमाडौं १, ३ र ५ मध्ये जुन क्षेत्रबाट उम्मेदवार बनाउँदा पनि हुन्छ।
त्यसका लागि हामी यहाँ क्रियाशीलहरूले उहाँलाई साथ दिन तयार छौं।’ सोमबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको एक कार्यक्रममा निर्वाचन भनेको ‘सेन्टिमेन्ट’ पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए।
उनले काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको बताएका हुन्।
राजनीतिमा देखिएको भन्दा अलग्गै र ‘फ्रेस’ अनुहार आउन सक्ने उनले बताएका थिए।’हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं’ प्रचण्डले भनेका थिए, त्यही सेन्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो।
त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन, हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २-३ सिट जित्न सक्छौं। २-३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं।’
लोडसेडिङको अन्त्य गरेका घिसिङलाई काठमाडौंको जुन ठाउँबाट उठाए पनि चुनाव जित्ने माओवादीको विश्लेषण छ।
माओवादी नेता हरिबोल गजुरेलले घिसिङबारे अहिले पार्टीमा छलफल नभएको तर उनी पनि राम्रो उम्मेदवार हुन सक्ने बताए। ‘धेरै छलफल भएको छैन।
काम गर्ने मानिसहरू पनि खोज्नुपर्छ भन्ने छ। त्यो अवस्थामा उहाँ पनि एउटा राम्रो सम्भावित मानिस हो’ उनले भने। एकातिर काठमाडौंमा पार्टीको खस्किँदो अवस्था, अर्कोतिर कुलमान घिसिङप्रति जनताको विश्वासका कारण जनमत बढ्न सक्ने बुझाइ माओवादीको छ।
नेकपा माओवादी केन्द्रले २०६४ सालपछि काठमाडौंका कुनै पनि क्षेत्रमा निर्वाचन जित्न सकेको छैन। त्यो बेला काठमाडौंका दस क्षेत्रमध्ये माओवादीले चार क्षेत्रमा निर्वाचन जितेको थियो।
कुलमान घिसिङनिकट स्रोतले भने धेरै दलहरूले पहिलेदेखि नै राजनीतिमा आउनुपर्छ, आफ्नो पार्टीबाट चुनाव लड्नुपर्छ भनेर अनुरोध गरेको तर उनले त्यसबारे कुनै सोच नबनाएको बतायो।
‘जलविद्युतको विकासमा नेपाल अहिले महत्त्वपूर्ण चरणमा प्रवेश गरेको र आफ्नो ध्यान त्यसैमा केन्द्रित रहेको उहाँले बताउनुभएको छ,’ स्रोतले भन्यो।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





