एक सु,त्केरीको ज्या,न ग,एपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा रा,जीनामा

२०७९ भाद्र १६ गते, बिहीबार

प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सु,त्केरीको ज्यान ग,एपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिनुभएको छ । 

व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गए,को खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले रा,जीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । 

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो ।

ग,र्भवती महिलाको आकस्मिक श,ल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो । बच्चा भने जीवितै रहेका र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।

तर स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि आलोचकहरूले पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आ,रोप लगाउँदै आएका छन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो र पोर्चुगललाई कोरोना महामारीको ठूलो क्षति कम गर्ने श्रेय पनि उहाँलाई दिइन्छ । तर उहाँले एक विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको उल्लेख गर्नुभएको छ ।

पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले ग,र्भवती महिलाको मृ,त्यु नै डाक्टर टेमिडोको राजीनामाको अन्तिम कारण साबित भएको बताउँदै अहिलेसम्मका उत्कृष्ट कामका लागि धन्यवाद दिनुभएको छ । 

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal