सरकारको आशामा नबसौँ, सुधार आफैँले गरौँ

२०७९ भाद्र १६ गते, बिहीबार

रुषा थापा
हाम्रो देशको राजधानी काठ्माडौँ हो । यहाँ ७७ आटै जिल्लाका मानिसहरु काम लिएर , आफन्त भेट्न वा घुम्न आउने गर्छन् । राजधानीमा राजनितिक दलका उच्च दलहरुदेखि लिएर प्रधानमन्त्री ,राष्ट्रपतिसम्म बस्ने गर्छन् । साथै हाम्रो पूर्व राजा पनि यहँी राजधानीमा नै बस्दै आएका छन् । यो ठाउँमा बृद्धिजीवीदेखि सुकिलामुकिला मानिसहरुसम्म बस्ने गर्छन् । विदेशी पाहुनाहरु पनि यहँी घुम्न आउने गर्छन् ।
यहाँ बाहिरी जिल्लाका लाखौँ मानिसहरु कोठा भाडामा लिएर बस्ने गर्छन् । यहाँका घरधनीलाई नै होस् या बहालमा बस्ने मानिसहरुलाई घरबाट बाहिर निस्किपछि दिशा, पिसाब गर्नेका लागि सार्वजनिक शैचालय छैन । यसरी घरबाट निस्किपछि यदि बाटामा दिशा, पिसाब लागेमा कि सहेर बस्नुपर्ने हुन्छ होइन भने टयाक्सी चढेर घरमा आउनुपर्ने बाध्यता रहेको छ । यहाँका घरधनी वा बहालमा बस्ने मानिसहरुलाई त यस्तो समस्या छ भने गाउँबाट आएका मानिसहरुलाई झन् बढी समस्या रहेको पाइन्छ ।
उपत्यकाभित्रका गुठी, सरकारी जग्गा र मठमन्दिरहरुको जग्गा सबै व्यक्तिको नाममा नामसरी भइसकेको छ । वडा र महानगरले यी सार्वजनिक सम्पत्ति खोजेन र यीनीहरुको सदुपयोग पनि गरेन । सबै सरकारी सम्पत्ति सरकारी कर्मचारी र राजनितिक दलका नेताहरु मिलेर व्यक्तिको नाममा पुप्याए । अहिले उपत्काभित्र जम्मा ४३ ओटा सार्वजनिक शैचालयहरु रहेको छ । ती शैचालयहरु पनि महानगरपालिकाले ठेक्कामा दिएको पाइन्छ । एउटा शैचालयले दिनहुँ ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गर्छ ।
यी शैचालयहरुमा पिसाब गरेको ५ रुपैँया र दिशा गरेको १० रुपैँया लिने गरिन्छ । यो पैसा सरकारले निर्धारण गरेको पनि होइन र सरकारको ढुकुटीमा जाने गर्दैन । यो पैसा व्यक्तिको खल्तीमा जाने गर्छ । यता त्यो पैसा पनि नहुने मानिसहरु शैचालय प्रयोगबाट वञ्चित हुने गर्छन् जसले गर्दा कि उसले बाटामा गर्नुपर्छ होइन भने सहेर बस्नुपर्छ । के पैसा नहुने मानिसलाई तै दिशा, पिसाब लाग्दैन ।
सार्वजनिक शैचालयहरु धेरै नरहेको हुनाले गाउँबाट कोही मानिस आउँदा उसले कसैलाई चिनेको हुदैँन र नचिनेको मानिसको घरमा शैचालय प्रयोग गर्न दिदैँन । टयाक्सी चढेर अलि टाढा जंगलतिर दिशा, पिसाब गर्न जाऊ भन्दा पनि पैसा पनि नहुने र जंगल तथा खोलाहरु पनि रहेको छैन । उपत्यकाभित्र अहिले सबै घर र बाटा मात्रै रहेको छ । यसले गर्दा कतै दिशा, पिसाब लागेमा पनि खुल्ला ठाउँ पाइदैँन ।
शैचालय प्रयोग गर्नका लागि कि होटेलमा गएर खाजा खानुपर्छ र पैसा छैन भने यतिकै सहेर बस्नुपर्ने बाध्यता रहेको छ । यता कति होटेलमा खाजा खाएपछि पनि शैचालय प्रयोग गर्न दिदैँन । उनीहरु खाजा बेचेर पैसा कमाउँछन् तर शैचालय प्रयोग गर्न दिदैँनन् । साथै यता पसलमा पनि केही सामान किनेर शैचालय प्रयोग गर्छु भन्दा पनि पसलेहरुले पनि शैचालय प्रयोग गर्न दिदैँनन् ।
पछिल्लो समय कुनै मानिस घरबाट बाहिर निस्किपछि मलाई दिशा, पिसाब लागेमा कता जान भनेर सोच्दै ठिक हुन्छ । यो एउटा मात्र नागरिकको समस्या नभई उपत्यकाभित्र बस्ने लाखौँ जनताको समस्या हो । शारिरिक रुपमा स्वस्थ्य रहेको मानिसले त दिशा, पिसाब लागेपछि सहन सक्दैन भने बिरामी तथा अशक्त मानिसहरुले त के गर्ने होला । उनीहरु कि बाटामा नै दिशा, पिसाब गरिदिन्छन् वा दौडिएर आफ्नो घर आउने गर्छन् ।
यता बाटामा धेरै मानिस तथा सवारीसाधनहरु हुनेहुँदा दिशा, पिसाब गर्न लाजमजो हुने गर्छ र नगरेमा सहन सकिदैँन । यो धनीदेखि गरिब र प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्मलाई आउने गर्छ । यो मानवीय गुण हो । साथै हामी मानवलाई दिशा, पिसाब भनेर आउने गर्दैन । यो जुनसुकै समय र ठाउँमा आउने गर्छ । घरधनी तथा विभिन्न होटेल तथा पसलहरुमा शैचालय प्रयोग गर्न दिनु भनेर आग्रह गर्दा उनीहरु प्रयोग गर्न दिदैँनन् र जबरजस्ती जान खोजेमा चोर आयो भनेर हल्ला गर्ने गर्छन् ।
हामी मानिसहरु एउटा दिशा, पिसाब लागेको मानिसलाई त आफ्नो शैचालय प्रयोग गर्न दिदैनौँ भनी हामी अरु के ठुलो काम गछौँ । घर ठुलो हुदैँमा, सुनको सिक्री ल्याउँदैमा र चिल्लो गाडी चढ्दैमा त्यो मानिस ठुलो हुदैँन । मानिसको बानीव्यवहार हेरेर मात्र उसलाई ठुलो मान्न सकिन्छ । दिशा, पिसाब लाग्ने मानिस पनि मान्छे त हो नि । हामी मानिसहरुलाई दिशा, पिसाब लाग्दा कति गाह्रो र समस्या हुन्छ भन्ने कुरा सबै मानिसलाई थाहै हुन्छ तर हामी थाहा हुदाहुँदै किन हाम्रो शैचालय अरुलाई प्रयोग गर्न दिदैँनौँ ।
हामीले हाम्रो शैचालय यदि कसैलाई समस्या परेको समयमा प्रयोग गर्न दिँदा उसले हाम्रो घर त लिएर जादैँन नि त । तीन दशकअघि उपत्यकाभित्र खुल्ला ठाउँ हुने गथ्र्याे । जसले गर्दा कति मानिसहरु खोलाको छेउमा, जंगलमा र खाली ठाउँमा गएर दिशा, पिसाब गर्ने गर्थे । अहिले खोला पनि छैन, खाली ठाउँ पनि छैन र जंगल पनि रहेको छेैन ।
सरकारले सार्वजनिक शैचालय बनाएपनि निकै कम बनाएको छ र बनाएकोमा पनि प्रयोग गर्नका लागि पैसा तिनुपर्ने रहेको छ । दिशा, पिसाब गरेको पनि पैसा तिनुपर्दा कस्तो देशमा हामी नागरिक भएर जन्मिएछौँ भनेर नेपालीहरु सरकारप्रति वा आफूप्रति नै धिक्कार गर्ने गर्छन् । पैसा तिरेर शैचालय बस्न गएमा पनि शैचालयको ढोकामा चुकुल हुदैँन , पानी हुदैँन र एकदमै फोहोर हुने हुँदा त्यहाँ दिशा पिसाब गर्न पनि सकिदैँन । साथै मानिसहरुले पान तथा पराग खाएर भुइँ तथा भित्तामा सबैतिर थुकिदिएको हुन्छ । शैचालय बसेर बाहिर आएपछि हात धुन पानी र साबुन पनि हुदैँन र हात पुस्न कुनै कपडा पनि हुने गर्दैन । यसले गर्दा मानिसलाई झन् रोग लाग्ने गर्छ ।
पछिल्लो समय पैसा हुने मानिसहरु शैचालय जान पाउँछन् भने पैसा नहुने मानिसले बाटा वा कपडामा नै गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले अब सार्वजनिक शैचालयमा पैसा लिने यस्तो बेथिति हटाउनुपर्छ । सरकारले व्यापार गर्ने व्यवसायी र घरधनीहरुसँग भने कर उठाउन सक्दैन तर शैचालय प्रयोग गरेको तै पैसा लिन्छ । सरकारले यदि व्यवसाय गर्ने वा घरधनीहरुसँग कर उठाउने हो भने पैसा जति पनि आउँछ नि । उपत्यकाभित्र कुनै ठाउँभित्र मात्रै सार्वजनिक शैचालय भेटिन्छ, अरु ठाउँमा छैन ।
यसका साथसाथै ललितपुर र भक्तपुरमा पनि सार्वजनिक शैचालय रहेको छैन । सार्वजनिक शैचालय बनाउन हाल निर्वाचन भएर आएका वडाध्यक्ष तथा मेयरहरुले पनि कुनै चासो दिएका छैनन् । जनताहरु आफ्नो काम लिएर सरकारी कार्यालयमा जाँदा त्यहाँ शैचालय प्रयोग गर्नुपरेमा त्यहाँको शैचालयमा तल्चा लगाएको हुने वा निकै फोहोर हुने गर्छ । सरकार ,के सरकारी शैचालय जनताले प्रयोग गर्न पाउँदैँनन् । सरकारी सम्पत्ति त जनताको पनि त हो त ,सरकार । यसरी सरकारी कार्यालयमा नै सरकारी शैचालयमा तल्चा लगाएको देखेपछि मानिसहरुले पनि आफ्नो घरको शैचालय कसैलाई प्रयोग गर्न नदिएका हुन् ।
काठ्माडौँका मेयर बालेन्द्र साहले चुनाव जितेपछि कति वित्तिय संस्था तथा सघसंस्थाहरुले हाम्रो कार्यालयमा रहेको शैचालय हामी सार्वजनिक बनाउछौँ भनेर मेयरसँग गएर फोटो खिचे तर अहिले ती संस्थाहरुले नागरिकलाई शैचालय प्रयोग गर्न दिएका छैनन् । अब वडा र महानगरले सार्वजनिक शैचालय धेरै बनाउनुपर्छ र घरधनी तथा व्यापारीहरले पनि आफ्नो शैचालय प्रयोग गर्न दिनुपर्छ । साथै शैचालय प्रयोग गर्न न दिने घरधनी तथा व्यवसायीहरुलाई जरिवाना १ लाखदेखि ३ लाख र १ वर्षदेखि ३ वर्षसम्म कैद भनेर कानुन बनाउनुपर्छ ।
यसले गर्दा बाटो फोहोर पनि हुदैँन र मानव स्वास्थ्यमा पनि कुनै हानिनोक्सान पर्दैन । यहाँका घरधनीहरु मानिसलाई दिशा, पिसाब लागेमा शैचालय प्रयोग गर्न दिदैँनन् तर आफ्नो घरको कुकुर भने बाटामा ल्याएर दिशा, पिसाब गराउने गर्छन् । यिनीहरुले कुकुरलाई घरभित्र राम्रो खानपन, बाँसस्थानको व्यवस्था मिलाउँछन् तर आमजनतालाई शैचालय प्रयोग गर्न दिदैँनन् ।
अब काठ्माडौँ तथा उपत्यका सफा तथा सुन्दर बनाउने घरमा पालेका कुकुरलाई बाटामा लयाएर शैचालय गराउनेलाई कारबाही गर्ने , फोहोर कम्पनभित्र राख्ने र आफ्नो घरको वरपर रहेको बत्ती बिग्रिएमा पनि आफैँले जोडान गर्नुपर्ने जस्ता कानूनहरु बनाउनुपर्छ ।
सरकारले मात्र फोहोर उठाएर र बाटा सफा गरेर सक्दैँन त्यसकारण घरधनीहरुले आफनो घरको फोहोर आफैँ व्यवस्थापन गर्ने र आफनो घरको अगाडि आफैँ सफा गर्ने हो भने सहर सफा र सुन्दर बन्न समय लाग्ने छैन । पछिल्लो समय घरधनीहरु घर भने भाडामा लगाउँछन् ,पैसा पनि महंगो लिन्छन् तर भाडामा बस्नेको आफन्त आउँदा शैचालय प्रयोग गर्न दिदैँनन् । यदि शैचालय प्रयोग गर्न नदिने हो भने घर किन भाडामा लगाउनु ।
घरधनी तथा व्यवसायीहरुले मानिसहरुलाई निःशुल्क रुपमा शैचालय प्रयोग गर्न दिने हो भने आमजनताले सरकारको मात्र मुख ताक्नु पदैँन । साथै यसले गर्दा महानगरले नयाँ शैचालय पनि बनाउनुपर्दैन र त्यहँी बजेटबाट शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न पाइन्छ । यहाँका घरधनीहरुले घर २ करोडदेखि १० करोडसम्मको बनाएका छन् , करोड पर्ने चिल्लो गाडी चढ्छन् ,हात र घाँटीमा लाखौँ मूल्य पर्ने सुन लगाएर हिड्छन् , हामी शिक्षित छौँ भन्छन् , हामीले देश विदेश सबै घुमेको छौँ भन्छन् , आफ्नो घरको ग्रेटमा कुकुरबाट सावधान भनेर लेख्छन् र आफनो घरको चारैतिर सिसिटिभी क्यामरा राख्छन् तर एक छाक गरिबलाई खाना र शैचालय प्रयोग गर्न भने दिदैँनन् । यी व्यक्तिहरुको मन ढुंगोभन्दा पनि साह्रो हुने गर्छ । यिनीहरुमा धर्म र सहयोगको भावना हुदैँन ।
पहिलाका मानिसहरु कोही नचिनेको मानिस आएमा उसलाई खाना दिन्थे र बास दिने गर्थे तर अहिलेका मानिसहरु एक छाक खाना पनि दिदैँनन् र एकपटक शैचालय प्रयोग गर्न पनि दिदैँनन् ।
पछिल्लो समय मानिसहरुले धर्म र जिम्मेवारी दुवै बिर्सिसकेका छन् । अहिलेका मानिसहरु आफू सार्वजनिक काम गर्दैनन् , राजनितिक दलले केही गरेन भन्छन् र सबै दोष सरकारको टाउकोमा हाल्ने गर्छन् । एक नेपालीले अर्को नेपालीलाई समस्या परेको समयमा सहयोग गप्यौँ भने र सरकारको मुख तोकेनौँ भने समस्या पनि हल हुन्छ र देश पनि विकसित हुने छ । सुधार सरकारले होइन हामी आफैँले गर्नुपर्छ ।
यसले गर्दा राष्ट्रको विकास हुन समय लाग्ने छैन । सरकारले सार्वजनिक शैचालय कहिले बनाउँछौ थाहा छैन तर हामीले हाम्रो घरमा भएको शैचालय प्रयोग गर्न दिएमा त त्यो समस्या हल हुन्छ नि त । त्यसैले अब हामी जनता सरकारको मुख ताकेर नबसौँ र आफैँले सुधार ल्याऔँ । वडाध्यक्ष र मेयर आएको यत्रो महिना भयो तर सार्वजनिक सम्पत्तिहरु खोज्न चासो नदिनु दुःख लाग्दो कुरा हो ।
सरकारले सरकारी सम्पत्तिको खोजी गरेर त्यस्तो ठाउँमा सार्वजनिक शैचालय, पार्टी , धारा वा पार्क बनाउने हो भने यसले गर्दा सरकारी सम्पत्तिको दुपयोग पनि हुदैँन र सबै जनताले त्यसलाई प्रयोग पनि गर्न पाउँछन् । साथै खुल्ला ठाउँहरु पनि हुने गर्छ र वातावरण पनि स्वच्छ हुन्छ । बाटामा हिड्दा पानी तिर्खा लागेमा पानी खाने ढुंगे धारा तथा कुँवाहरु छैन र भएकोमा पनि पानी आउँदैन । सरकारले अब ती ढुंगेधारा मिचेर घर बनाएको जग्गाको पनि खोजी गर्नुपर्छ र धारामा पानीको व्यवस्था मिलाउनुपर्छ । अहिले पानी खानाका लागि २५ रुपैँया तिर्नुपर्छ र पैसा नभएको अवस्थामा होटेल तथा घरमा पानी माग्दा पनि दिने गर्दैन । अब सरकारले ढुंगे धाराहरुको पनि व्यवस्था मिलाउनुपर्छ ।
भक्तपुर

20 Views

ताजा

सुदूरपश्चिमबाट मा‌ओवादी निल

२०७९ मंसिर ९ गते, शुक्रबार

सुदूरपश्चिमबाट मा‌ओवादी निल

२०७९ मंसिर ९ गते, शुक्रबार

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

२०७९ मंसिर ९ गते, शुक्रबार

गुल्मीबाट–१ बाट भण्डारीको ‘कमब्याक’

२०७९ मंसिर ९ गते, शुक्रबार

चितवन ३ मा विक्रम पाण्डे अघि बढ्दै

२०७९ मंसिर ९ गते, शुक्रबार

काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित निश्चित

२०७९ मंसिर ९ गते, शुक्रबार

बाँके– ३ बाट कांग्रेसका किशोरसिंह राठौर भारी मतले विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

स्वतन्त्र पार्टी राजावादी भएको खगेन्द्र संग्रोलाको आरोप

२०७९ मंसिर ८ गते, बिहीबार

दाङ–(२) बाट कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु)को ऐतिहासिक विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

बर्दिया–२ (क) मा कांग्रेसका जन्मजय तिमिल्सेना विजयी

२०७९ मंसिर ८ गते, बिहीबार

लोकप्रिय

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

हर्क साम्पाङ् भन्छन् : ७ सय ५३ पालिकामध्ये सबैभन्दा भाग्यमानी मै हो

२०७९ भाद्र १९ गते, आईतवार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal