भक्तपुरमा टी–२० विश्व कप क्रिकेटकाे ट्रफी

२०७९ भाद्र १६ गते, बिहीबार

अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) काे समन्वयमा विश्व कप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी थिए । स्थानीयवासीले बाजागाजासहित ट्रफीकाे स्वागत गरे ।

ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी मेहबुब आलम, शरद भेषवाकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि भ्रमणमा सहभागी छन् । 

विश्व कप क्रिकेटको ट्रफी सोमवार नेपाल आइपुगेको थियो । क्रिकेट विश्व कप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्व कपको ट्रफी नेपालमा ल्याइएको थियो ।

इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्व कपको ट्रफी नेपालको काठमाण्डाै र पोखरा पुर्‍याइएको थियो । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको क्यानले जनाएको छ ।

क्रिकेट प्रवर्द्धनकाे लक्ष्यसहित विभिन्न देशमा ट्रफी भ्रमण गराउने आईसीसीकाे निर्णयसँगै नेपालमा पनि ल्याइएकाे हो ।

ट्रफी विश्वको १३ देशकाे ३५ ठाउँमा प्रदर्शनी गरिँदैछ । निसान कम्पनीले ट्रफी विश्वभर प्रदर्शन गरिरहेको हो । टी–२० विश्व कप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ । १६ देशको सहभागिता रहने प्रतियोगिता अस्ट्रेलियाका विभिन्न सात सहरमा हुने तालिका छ ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal