एक्सनमा उत्रदै बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) अहिले एक्सनमा उत्रिएका छन् । अनधिकृत रुपमा गरिएका निर्माणहरुलाई भत्काउने कार्यमा लागि परेका छन् । अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा उनी स्वयम् पनि उपस्थित भएर लागि परेका हुन् । यस क्रममा महानगरले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । यसैगरी खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काइएको छ । उनले हिजै नयाँ बानेश्वरमा नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।
यस्तै, रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको बताइएको छ । यसअघि काठमाडौंको बानेश्वर क्षेत्रमा समेत प्रमुख साह आफैं उपस्थित भएर भूमिगत क्षेत्रमा बनाइएका संरचना भत्काउने भन्ने जानकारी दिएका थिए । नक्सा पारित गर्दा भूमिगत क्षेत्रमा सवारी साधन राख्ने ठाउँ बनाउने भनिएकोमा ती ठाउँहरुमा समेत विभिन्न किसिमका संरचनाहरु बनाइएकाले महानगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यसैगरी ती स्थानहरुलाई खुला राखी सवारी साधनहरुलाई राख्नका लागि प्रयोग गरिएमा काठमाडौं उपत्यकामा गाडी राख्ने ठाउँको अभाव घट्ने बुझाइमा महानगर रहेको बताइएको छ । ती स्थानहरुमा गाडीलाई तोकिएको शुल्क लिएर घरवालाहरुले राख्ने व्यवस्था मिलाउने अपेक्षा महानगरले गरेको छ ।
त्यसरी भत्काउने तथा हटाउने कार्यका लागि प्रमुख साह पुग्दा त्यहाँ व्यवसाय संचालन गर्दै आएका व्यक्तिहरुले दशैंको मुखमा खाली नगराउन अनुरोध गरेका थिए । उनीहरुले आफूहरुको वर्ष दिनभरिको कमाइ नै दशैंको समयमा हुने जानकारी गराउँदै दशैंपछि मात्र हटाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए । उता, उनीहरुले समस्या देखाउँदा पनि प्रमुख साहले भने त्यसरी अर्को संरचना बनाउने कार्य सम्बन्धित घरवालाले जानी जानी गरेको अवस्थामा अब थप समय दिन नसकिने बताएका थिए ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





