भकाभक भ,त्काइरहेका बालेनले गरे ठूलो घोषणा, वि,चल्लीमा परेका भाडावालहरुलाई हुनेभयो ठूलो राहत !
काठमाडौँ महानगरपालिकाका युवा मेयर बालेन साहको चर्चा फेरि एकपटक चुलिएको छ । बालेनले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भकाभक भ,त्काउन थालेपछि उनको चर्चा चुलिएको हो ।
“यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन” कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने । नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए ।
“संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ” उनले भने ।
यसैबीच, महानगरको कदमले विचल्लीमा परेका भाडावालहरुलाई राहत हुनेगरी बालेनले ठूलो घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्।
महानगरले भदौ ८ गते बेसमेन्ट, सेमी बेसमेन्ट र जमीन तला स्वीकृत नक्शाबमोजिम सञ्चालन नगरेको भन्दै वडा नम्बर ३२ अन्तर्गतका संरचना भत्काएको थियो।
व्यापारीहरूले भाडा बुझाइसकेको र डेकोरेशनमा भएको लगानी खेर गएको गुनासो गरेपछि मेयर साहले उनीहरूलाई अनधिकृत संरचना निर्माण गरेर भाडा उठाउनेहरूबाटै क्षतिपूर्ति भराउने आश्वासन दिएका हुन्।
“अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौं,“ साहले भनेका छन्, “त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी का,रबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।“ महानगरले अनधिकृत संरचनाहरूको अनुगमन जारी राख्ने मेयर साहको भनाइ छ।
“हामीले एक्कासि अनधिकृत संरचनाहरू भ,त्काउन शुरू गरेका होइनौं, ३५ दिने सूचना जारी गरेका थियौं। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनुभएको तीतो अनुभव हामीसँग छ, उनले भनेका छन्, यसैले हामी अनुरोध गर्दछौं कि अनधिकृत संरचनाहरू नबनाइयून्, बनाएका अनधिकृत संरचनाहरु आफैंले भत्काउनुहोस् ।
यसका साथै त्यस्ता संरचनाहरू भाडामा लगाउने नगरियोस्।“ महानगरले भदौ ६ गते अनधिकृत रूपमा निर्मित संरचना भत्काउन शुरू गरेको हो।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





