काठमाडौंमा कति छन् पार्किङ मिच्दै पसल चलाएर भाडा हसुरिरहेका कम्प्लेक्स ? अन्ततः बालेनको हातमा पुग्यो फाइनल लिष्ट !

२०७९ भाद्र १० गते, शुक्रबार

अहिले काठमाडौं महानगरपालिका मेयर बालेन साह हिन्दी चलचित्र नायकको पात्र शिवाजी रावकै शैलीमा देखिएका छन् ।

बालेनले अवैध संरचनामा धमाधम डोजर चलाइरहेका छन् । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरको एउटा व्यावसायिक कम्प्लेक्समा अवैध रूपले सञ्चालित पसलका संरचना सोमबार भ,त्काइदियो।

उक्त कम्प्लेक्सले पार्किङको नक्सा पास गरेर त्यसको ठाउँमा पसल भाडामा लगाएको थियो। यो कारबाहीपछि दुइटा प्रश्न उठेको छ– काठमाडौंमा यस्ता कति कम्प्लेक्स छन् जहाँ गाडी पार्क गर्नुपर्ने ठाउँमा पसल चलिरहेका छन्?

के ती सबै कम्प्लेक्स का,रबाहीमा पर्लान्? बालेनले बिहिबार मात्रै अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाएका छन् ।

पछिल्लो समय काठमाडौंको बढ्दो ट्राफिक चापसँगै सवारी पार्क गर्ने ठाउँ अभाव हुन थालेको छ। यसलाई समाधान गर्न महानगरले या त सवारी चाप कम गर्ने उपाय अपनाउनुपर्छ, वा पार्किङ स्थलहरू बढाउनुपर्छ।

दुवै विकल्प तत्काल कार्यान्वयन गर्ने अवस्था नभएपछि महानगरले तेस्रो उपाय अपनाएको छ। उसले त्यस्ता व्यावसायिक कम्प्लेक्सहरूको सूची बनाएको छ जसले घरको नक्सा पास गर्दा भूमिगत पार्किङ देखाए तर व्यवहारमा त्यहाँ पसल चलाइरहेका छन्।

पार्किङ अनुमति लिएका घरहरूलाई उक्त ठाउँ त्यही प्रयोजनमा लगाउन महानगरले साउन पहिलो साता नै ३५ दिने सूचना जारी गरेको थियो। सूचनाको पालना नगरे का,रबाही गर्ने चे,तावनी पनि दिएको थियो।

सोमबार का,रबाहीमा परेको बानेश्वर कम्प्लेक्स त्यसैमध्ये पहिलो हो। यो कम्प्लेक्स नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएपछि मेयर बालेन शाहसहित वडाध्यक्ष र सदस्यहरूको टोली सोमबार बानेश्वर क्षेत्र निरीक्षणका लागि पुगेको थियो। पार्किङको सट्टा पसल चलाइरहेका ठाउँमा महानगरले ड्रिलिङ मेसिन प्रयोग गरेर संरचना भत्काइदिएको थियो।

महानगरका अनुसार उक्त कम्प्लेक्स बनाउँदा नक्सामा भूमिगत पार्किङ गर्ने भनिएको छ। जबकि घरधनीले पार्किङ स्थलमा सटर निकालेर पसल भाडामा चलाइरहेका थिए।

उक्त ठाउँको घरबहाल कर पनि महानगरलाई बुझाइएको छैन। नियम पालना नगरी पार्किङमा पसल चलाइरहेका अन्य व्यावसायिक कम्प्लेक्सलाई मंगलबारबाट का,रबाही गर्दै जाने काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक किशोरकुमार भट्टराईले बताए।

पहिलो चरणको कारबाही बानेश्वर क्षेत्रमा केन्द्रित हुनेछ। यसका लागि महानगरले नयाँबानेश्वरदेखि पुरानो बानेश्वरसम्म ४४ वटा घर पहिचान गरेको छ जसले पार्किङको ठाउँमा पसल भाडामा लगाएका छन्। स्थलगत निरीक्षण क्रममा यो संख्या अझ बढी हुन सक्ने भट्टराईले बताए।

’महानगरले समयमै चिठी लेखेर पठाउँदा पनि नमानेपछि कारबाही गर्नुपरेको हो। आज एउटा घरबाट कारबाहीको थालनी गरेका छौं।

भोलिदेखि अरू घरहरू भ,त्काउन थाल्छौं, उनले भने, बानेश्वरमा मात्र ४४ वटा त्यस्ता घरको सूची बनाएका छौं। उनीहरूले आफैं पसल हटाएर नक्साअनुरूप पार्किङ सुरू गराएनन् भने आजजस्तै हुनेछ।’

बानेश्वर क्षेत्रमै ४४ वटा घरले नक्सामा भएको पार्किङ खाइदिएका छन् भने महानगरभरि कतिवटा होलान्? हाम्रो यो प्रश्नमा भट्टराईले भने, अहिलेसम्म २०२ वटा त्यस्ता घर भेटिएका छन्। ती सबैलाई कारबाही हुनेछ।’

पार्किङका लागि नक्सा पास गरेका कम्प्लेक्सहरूले मात्र यो सेवा दिन थाल्ने हो भने महानगरमा पार्किङको स,मस्या धेरै कम हुने भट्टराईको भनाइ छ।

ट्राफिक स,मस्या सुल्झाउन मान्छे आफैं सचेत हुनुपर्ने उनी बताउँछन्। धेरैलाई जुन पसल जानुछ, त्यसैका अगाडि सवारी साधन रोक्नुपर्छ, उनले भने, ’यो प्रवृत्तिमा सुधार नभएसम्म ट्राफिक स,मस्या हल हुन्न। मान्छेले निर्धारित ठाउँमा सवारी पार्क गरेर केही दुरी हिँड्ने बानी बसाल्नुपर्छ। घरैपिच्छे पार्किङ राखेर त साध्य पनि हुन्न।’

काठमाडौं महानगरपालिकाको सहरी व्यवस्थान विभागका निर्देशक सुरज शाक्यका अनुसार व्यावसायिक प्रयोजनका लागि घर बनाउँदा २० प्रतिशत पार्किङ व्यवस्था गर्नुपर्ने नियम छ। ’

विद्यालय, अस्पताल, कम्प्लेक्सजस्ता व्यापारिक र व्यावसायिक प्रयोजनका घर बनाउँदा २० प्रतिशत ठाउँ अनिवार्य पार्किङका लागि व्यवस्था गरिनुपर्छ,’ उनले भने, ’सतही पार्किङ होस् वा भूमिगत, जे गरे पनि व्यवस्था चाहिँ गर्नुपर्छ।’ साभार- प्रहार न्युज

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal