कीर्तिमानी महिलाको ११० फिट लामो केश, नुहाएपछि सुक्न दुई दिन लाग्ने

२०७९ भाद्र ६ गते, सोमबार

अमेरिकाको फ्लोरिडा निवासी एक महिला आफ्नो लामो केशको कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।

विश्वकै सबैभन्दा लामो कपाल भएकी ६० वर्षीया आसा मन्डेलाको केशको लम्बाइ अहिले ११० फिट पुगेको छ । उनले सन् २००९ मा पहिलो पटक यसै विधामा गिनिज उपाधि जितेकी थिइन् ।

त्यतिबेला उनको केश १९ फिट ६ दशमलव ५ इन्च लामो थियो । क्लेरमोन्ट निवासी मन्डेलाले ४० वर्ष भन्दा लामो समय अघि ट्रिनिडाड एन्ड टोवागोबाट अमेरिका आएदेखि आफूले केश पाल्न सुरु गरेको जानकारी दिएकी छन् ।

उनले आफ्नो केशबारे रोचक कुरा यसरी बताउँछिन्, ‘मलाई केशलाई फुकाउनै नसकिने र कोर्नै नसक्ने गरी ड्रेडलक बनाउन मन पर्दैन । मैले आफ्नो केशलाई आफूलाई मनपर्ने तरिकाले चुल्ठो बनाउँछु ।

केश भुँइमा नलत्रियोेस् भन्ने हेतुले त्यसलाई एउटा कपडामा पोको पारी झुण्ड्याएर हिँड्छु । बेलुका सुत्दाखेरी यसलाई सानो बोरामा बाँधेर सँगै राखेर सुम्सुम्याउँदै कुरा गर्ने गर्छु । मेरो केशलाई निरन्तर लम्ब्याउने योजना छ ।’

पेशाले चुल्ठो सजाउने विशेषज्ञ तथा केन्याको नैरोबीबाट आएका मन्डेलाका पति इमान्युअल चेगेले प्रत्येक साता घण्टौं लगाएर उनको केशको स्याहार गर्दै आएका छन् ।

साताको एकचोटि उनको केश धोइदिने चेगेकाअनुसार त्यस कामका लागि छ बोटल स्याम्पु चाहिने तथा केश पूणर् रूपमा सुक्न दुई दिन लाग्ने गरेको छ । साथै मन्डेलाले जिन्दगीभरि आफूले केश नकाट्ने पनि बताएकी छन् ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal