कीर्तिमानी महिलाको ११० फिट लामो केश, नुहाएपछि सुक्न दुई दिन लाग्ने
अमेरिकाको फ्लोरिडा निवासी एक महिला आफ्नो लामो केशको कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।
विश्वकै सबैभन्दा लामो कपाल भएकी ६० वर्षीया आसा मन्डेलाको केशको लम्बाइ अहिले ११० फिट पुगेको छ । उनले सन् २००९ मा पहिलो पटक यसै विधामा गिनिज उपाधि जितेकी थिइन् ।
त्यतिबेला उनको केश १९ फिट ६ दशमलव ५ इन्च लामो थियो । क्लेरमोन्ट निवासी मन्डेलाले ४० वर्ष भन्दा लामो समय अघि ट्रिनिडाड एन्ड टोवागोबाट अमेरिका आएदेखि आफूले केश पाल्न सुरु गरेको जानकारी दिएकी छन् ।
उनले आफ्नो केशबारे रोचक कुरा यसरी बताउँछिन्, ‘मलाई केशलाई फुकाउनै नसकिने र कोर्नै नसक्ने गरी ड्रेडलक बनाउन मन पर्दैन । मैले आफ्नो केशलाई आफूलाई मनपर्ने तरिकाले चुल्ठो बनाउँछु ।
केश भुँइमा नलत्रियोेस् भन्ने हेतुले त्यसलाई एउटा कपडामा पोको पारी झुण्ड्याएर हिँड्छु । बेलुका सुत्दाखेरी यसलाई सानो बोरामा बाँधेर सँगै राखेर सुम्सुम्याउँदै कुरा गर्ने गर्छु । मेरो केशलाई निरन्तर लम्ब्याउने योजना छ ।’
पेशाले चुल्ठो सजाउने विशेषज्ञ तथा केन्याको नैरोबीबाट आएका मन्डेलाका पति इमान्युअल चेगेले प्रत्येक साता घण्टौं लगाएर उनको केशको स्याहार गर्दै आएका छन् ।
साताको एकचोटि उनको केश धोइदिने चेगेकाअनुसार त्यस कामका लागि छ बोटल स्याम्पु चाहिने तथा केश पूणर् रूपमा सुक्न दुई दिन लाग्ने गरेको छ । साथै मन्डेलाले जिन्दगीभरि आफूले केश नकाट्ने पनि बताएकी छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





