इलाम २ को (क) प्रदेशमा कांग्रेसबाट खड्गीको दाबी
इलाम । नेपाली कांग्रेसका युवा नेता निरोज खड्गीले इलामको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा खड्गीले फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । उनी अहिले निर्वाचन तयारीमा लागिसकेका छन् । इलाम नगरपालिका र देउमाइका सबै वडाबाट आफूलाई बोलाइरहेको र जाने तयारी रहेको पनि उनले सुनाए । ‘सबैले आउनुपर्यो, भेटघाट गर्नुपर्यो, अघि बढ्नुपर्यो भन्नुभएको छ, अधिकांश स्थानीयले फोन गरेरै राम्रो ‘रेस्पोन्स’ गर्नुभएको छ’ उनले भने ‘ म पार्टीको पनि, जनताको पनि मान्छे हुँ त्यसैले मलाई निर्वाचनमा जान समस्या छैन ।’ उनले आफ्नो धरातल राम्रो भएकाले निर्वाचन जित्ने दाबी पनि गरेका छन् ।
सो क्षेत्रका मतदाता, जिल्ला नेता, प्रदेश स्तरका नेतादेखि केन्द्रीय नेताहरुसँग पनि उम्मेदवारीको विषयमा छलफल भइरहेको उनले सुनाए । सबैसँगको कुराकानीमा पार्टीले आफूलाई टिकट दिनेमा ढुक्क रहेको उनले बताए । पुराना नेता हुँदाहुँदै तपाईंलाई पार्टीले टिकट देला त ? केटाकेटी भन्ला नि ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो मूल्यांकन गर्नुहोस्, फोनबाट टिकट दिनुहोस् भनेर मागेको होइन । निरोज खड्गी उठ्दा पार्टीले जित्ने अवस्था आउँछ कि आउँदैन ? पब्लिकले मेरो पक्षमा के भन्छन् ? बुझ्नुहोस् अनि टिकटको निर्णय गर्नुहोस् भनेको छु ।’ क्षेत्रका मानिसहरु आफ्नो पक्षमा रहेकोले आफू उम्मेदवार बन्नुपर्ने उनको दाबी छ । यसअघि एमालेले जितेको सो प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस पार्टीलाई जिताउन पनि आफू उम्मेदवार बन्नुपर्ने उनको अडान छ ।
‘टिकट माग्ने मेरो अधिकार हो, माग्छु,टिकट पाए चुनाव जितेर देखाउँछु, अरुभन्दा म नै यो क्षेत्रको स्वभाविक उम्मेदवार हुँ ’ उनले भने ‘यदी कुनै कारणवश मैले टिकट पाइन भने पनि पार्टीलाई सहयोग गर्छु, यो निर्वाचनमात्र अन्तिम होइन, भोलिका दिनमा पनि मेरो प्रशस्तै सम्भावना भएकाले इमान्दार कार्यकर्ताकाको भूमिका निर्वाह गर्छु ।’ उनले आफूले टिकट नपाएको झोंकमा पार्टी र उम्मेदवारविरुद्ध कुनै पनि गतिविधि नगर्ने समेत स्पष्ट पारेका छन् । उनले आफू हुँदा ठीक, अरु हुँदा बेठीक भन्ने पक्षमा आफू नरहेको जनाएका छन् । अन्य दाबेदारभन्दा आफू अब्बल रहेकोले पार्टीले पनि टिकट दिनुको विकल्प नरहेको उनको दाबी छ । सो क्षेत्रबाट पूर्वशिक्षक पूर्णप्रसाद गौतम र व्यवसायी गोविन्द गिरी सम्भावित उम्मेदवार हुन् । उनीहरुले उम्मेदवारी दाबी गरे पनि जनतामाझ भिजेका र सबैको विश्वास जितेका पात्र भने उनीहरु होइनन् । दुबैजना देउमाई नगरपालिकाका भएकाले ठूलो जनसंख्या रहेको इलाम नगरपालिकामा उनीहरुको प्रभाव न्यून रहेको छ । यता खड्गी भने इलाम नगरपालिकाकै स्थानीयबासी भएकोले बजार क्षेत्रको ठूलो मत उनको पक्षमा पर्ने देखिन्छ । खड्गीले सबैलाई समन्वय गरेर लाने विचार गरेका छन् । फरक राजनीतिक पार्टीको पनि मन जित्ने उनको दाबी छ । पार्टीका मतदाताको मत पार्टीको जो उम्मेदवार भएपनि आउने तर त्यो मतले मात्र निर्वाचन जित्न त्यति सजिलो नभएकाले उनी सर्वसाधारणको मत समेत आफ्नो पक्षमा आउने दाबी गर्छन् ।
केन्द्रमा जस्तै इलाममा पनि नेपाली कांग्रेसका विभिन्न गुट र उपगुट रहेका छन् । इलामका कांग्रेसका पूर्वसभापति हिमालय कर्माचार्य, नेता भेषराज आचार्य, वर्तमान पार्टी सभापति डम्बर खड्का, पूर्वसांसद केशव थापा लगायतका आ–आफ्ना गुट र उपगुट छन् । उनी भन्छन्, ‘जिल्ला नेताहरुले मलाई सहयोग गर्नैपर्छ, भोलि आफूलाई आवश्यक पर्दा हाम्रै सहयोग चाहिन्छ भने अहिले सहयोग नगरेर पार्टी र राजनीति चल्दैन ।’ यस पटकको चुनावमा जनताले जोश जाँगर भएका युवालाई खोजेकोले पनि आफू अघि बढेको उनको भनाई छ ।
दुई पटक जिल्ला सदस्य र दुई कार्यकाल जिल्ला सचिव बनिसकेका खड्गी अब आफ्नो पालो आएको बताउँछन् । ‘नेपाली कांग्रेसमा रहेर राजनीति र संगठन गरेको २९ वर्ष भइसकेको छ अब कति पर्खने ? अब त मेरो पनि पालो आयो होला नि !’ उनी भन्छन्, ‘मैले क्याम्पसमा राजनीति गर्दा विद्यालय तहमा भएका भाइबहिनीहरु पालिका अध्यक्षदेखि जिल्लासम्म आइसके मैले प्रदेशमा अपेक्षा गर्नु अनौठो होइन भन्ने लाग्छ ।’
दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलामको प्रदेशसभा (क) मा इलाम नगरपालिका र देउमाई नगरपालिका पर्दछन् । इलाम नगरपालिकामा १२ वटा र देउमाई नगरपालिकामा ९ वटा वडा रहेका छन् । ती २१ वटा वडामध्ये माइपारी पर्ने इलाम नगरपालिकाको वडा नम्बर १० गोदक भने सो प्रदेशसभामा पर्दैन । इलाम र देउमाई नगरपालिकाका २० वटा वडामध्ये स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले १४ वटा वडामा वडाध्यक्ष जितेको छ । त्यसैले पनि यो निर्वाचन क्षेत्रमा कांग्रेस बलियो देखिन्छ ।
यसअघि (२०७४) को प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट नेकपा (एमाले) का रामबहादुर मगर (राम राना) ले जितेका थिए । उनले सो निर्वाचनमा १९ हजार ८ सय ३८ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६ हजार २ सय ८६ मत प्राप्त गरेका थिए ।
संघ र प्रदेशमा सत्ता गठबन्धनले गठबन्धन गरेर नै निर्वाचनमा जाने घोषणा गरिसकेका छन् । उनीहरु अहिले टिकट बाँडफाँटलाई कसरी व्यवस्थित गर्ने भनेर लागिरहेका छन् । सबै प्रदेश, क्षेत्र र जिल्लाबाट उठ्ने उम्मेदवारहरुले आआफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । तल्लो तहबाट प्राप्त सिफारिसलाई केन्द्रले छानबिन गरेर उम्मेदवारी दिने प्रचलन गरेको छ । गठबन्धन भए पनि यो क्षेत्र नेपाली कांग्रेसकै भागमा पर्ने प्रबल सम्भावना छ । नेपाली कांग्रेसको भागमा परे र आफूले टिकट पाए पार्टीलाई र आफू जितेर देखाइदिने खड्गीको आत्मविश्वास छ । अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो छ भन्ने पनि खड्गीले राम्ररी बुझेका छन् । खेलाडी र फुटबल प्रशिक्षक समेत रहेका खड्गीको आर्थिक स्थिति भने त्यति बलियो छैन । त्यसैले पनि आर्थिक रुपमा उनलाई चुनाव लड्न समस्या पर्नसक्छ । तर उनले उम्मेदवारी घोषणा गरेदेखि नै साथीभाइले उर्जा, उत्साह, आश्वासन र प्रतिबद्धता दिएको उनको भनाई छ । उनले भने, ‘सबै साथीहरुसँग कुराकानी भइरहेको छ, इलामका व्यवसायी, कर्मचारी, साथीहरु, आफन्त, देशविदेशमा हुने साथीहरुले पूर्ण सहयोग गर्छौं भन्नुभएको छ, उत्साह र उर्जा दिनुभएको छ, उठ हामी सहयोग गर्छौ भन्नु भएको छ, त्यसैले पनि म उत्साहित भएर अघि बढेको छु ।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





