माग पूरा नभए आन्दोलन गर्ने पत्रकार बोहोराको चेतावनी

२०७९ भाद्र ६ गते, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ ।

केही दिनअघि गठन भएको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागले आफ्नो काम थालेको विभाग संयोजक रमेश कुमार बोहोराले बताए । बोहोराकै संयोजनमा भएको भेलाले आइतबार पत्रिकाका सम्पादक तथा प्रकाशकसँग अन्तरक्रिया गरेको हो । छलफल ठुलो संख्यामा सम्पादक / प्रकाशकको उपस्थित रहेको थियो संयोजक बोहोराले छलफलमा आएका सुझावलाई ध्यानमा राखेर भोलिको दिनमा काम गर्ने बताए । ‘हामीले राखेका माग सही छन्, पत्रिका र पत्रकारका पक्षमा एजेण्डा बनाएका छौं’ बोहोराले भने ‘ हामी आफ्ना माग लिएर सरोकारवाला निकायसँग छलफल गरेर निकासको बाटो खोज्छौं, हाम्रो कुरा सुनिएन भनें आन्दोलनमा जानुपर्ने हुन्छ ।’ रमेश कुमार बोहोराले पत्रपत्रिका र पत्रकारका पक्षमा आवाज उठाउँदै आएका छन् । उनले महासंघले सशक्त रुपमा आवाज उठाउने हो भनें छोटो समयमा नै धेरै काम गर्न सकिने पनि जनाएका छन् ।

विभागले पत्रकारिता र पत्रिका प्रकाशनमा देखिएका केही समस्यालाई बुँदागत रुपमा उल्लेख गरेको छ । विभागले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, उपत्यका प्रदेश र यहाँबाट निर्वाचित केन्द्रीय सदस्यसँग छलफल गर्ने जनाएको छ । विभागले अघि बढाएका एजेण्डा यसप्रकार रहेका छन् । 

१. विज्ञापन बोर्डले पत्रिकालाई लोककल्याणकारी विज्ञापनबापत दिने रकम विभिन्न बहानामा आर्थिक वर्ष २०७८÷०७९ को काटिएको रकम बिनाशर्त तुरुन्त भुक्तानी गर्नका लागि सशक्त रुपमा भूमिका खेल्ने ।

२. नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, ललितपुर शाखा र भक्तपुर शाखाको समेत सहभागितामा यस समितिले सरोकारवाला सबैलाई समावेश गरेर वृहत छलफल गर्ने ।

३. विज्ञापन बोर्डले पत्रपत्रिकालाई हालै माग गरेको सूचीकृतको विरोध गर्ने र तत्काल यो व्यवस्था खारेज गर्नका लागि पहल गर्ने ।

४. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनबापतको रकममा ३ प्रतिशत काटिरहेको हुँदा त्यसलाई तुरुन्त हटाउनका लागि पहल गर्ने । हालसम्म काटेको रकमसमेत भुक्तानी गर्न आग्रह गर्ने ।

५. विज्ञापन बोर्डमा पत्रपत्रिकाको बिल बुझाउने समय ७ गतेबाट थप गरी १५ गतेसम्म बनाउन पहल गर्ने ।

६. विज्ञापन बोर्डले आफू पनि समानुपातिक विज्ञापन लागू गर्न नसक्ने र विभिन्न सरकारी कार्यालयबाट पत्रपत्रिकालाई थोरैमात्रामा भए पनि आइरहेको विज्ञापनलाई रोकेर बोर्डमार्फत नै विज्ञापन दिनु भन्दै पत्र काटेकोप्रति विरोध गर्ने ।

७. बिज्ञापन बोर्डबाट स्वीकृत भएका जुनसुकै समय सान्दर्भिक विज्ञापन प्रकाशन गरे पनि त्यसको भुक्तानी गर्न बिज्ञापन बोर्डलाई दबाब दिने ।

८. पत्रपत्रिकालाई सहज नभएको खण्डमा विज्ञापन बोर्डलाई खारेज गरी पुरानै ढंगमा सूचना विभागमार्फत लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग पहल गर्ने ।

९. प्रेस काउन्सिल नेपालबाट गरिने पत्रपत्रिकाको वर्गीकरणमा समावेश हुँदा लाग्ने शुल्क मिनाहा गर्नका लागि पहल गर्ने ।

१०. प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा समावेश भई वर्गीकरणमा परेपछि कम्तीमा ५ वर्षसम्म समावेश हुनु नपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्ने । साथै नयाँ प्रकाशन भएका पत्रपत्रिकालाई पहिलो वर्षमा नै वर्गीकरण खुलाई उनीहरुलाई वर्गीकरणमा समावेश गराउन पहल गर्ने ।

११. आउँदै गरेको संघीय निर्वाचनमा निर्वाचन आयोगबाट सूचनाका लागि पहल गर्ने र वर्गीकरणका आधारमा कम्तीमा दुई महिना बराबरको रकम भुक्तानीको व्यवस्था मिलाउन यस समितिले पहल गर्ने ।

१२ नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक, खाद्य संस्थान, नेपाल आयल निगम, नापी विभाग, स्वास्थ्य, विभाग, सडक विभाग, स्थानीय तहमा र भन्सार विभागजस्ता सरकारी कार्यालयहरुमा पत्रपत्रिकाका लागि वर्षमा कम्तीमा ४ पटक सम्पूर्ण पत्रपत्रिकालाई समान रुपबाट सूचना तथा व्यावसायिक विज्ञापन प्रकाशन गर्ने व्यवस्था मिलाउन यो समितिले सशक्त रुपमा भूमिका खेल्ने । 

१३.सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रदान गरिने जेष्ठ पत्रकार, आजिवन बृत्ति भत्ताको लागि उमेर हद घटाई ५० र निरन्तर ३० वर्षसम्म सक्रिय पत्रकारिता गरिरहनु भएका पत्रकारहरुलाई कम्तीमा मासिक १५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित निकायमा यस समितिले पहल गर्ने ।

१४. लोककल्याणकारीको रकम, विज्ञापनको रकम कम्तीमा ५० प्रतिशत बृद्धि गर्न सम्बन्धित निकायसँग सशक्त रुपबाट यस समितिले पहल गर्ने ।

१५.  सूचना तथा प्रशारण विभागबाट गरिँदै आएको दुर्घटना विमालाई परिवर्तन गरी जीवन बिमा गराउन पहल गर्ने ।

साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागका संयोजक रमेश कुमार बोहोराले छोटो समयमा कार्यक्रमको तयारी गरेकाले कतिपय कुरा नसमेटिए पनि आगामी दिनमा नियमित रुपमा छलफल गरेर सबै विषय समावेश गर्ने जनाएका छन् । उनले छलफलमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।

96 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal