माग पूरा नभए आन्दोलन गर्ने पत्रकार बोहोराको चेतावनी

२०७९ भाद्र ६ गते, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ ।

केही दिनअघि गठन भएको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागले आफ्नो काम थालेको विभाग संयोजक रमेश कुमार बोहोराले बताए । बोहोराकै संयोजनमा भएको भेलाले आइतबार पत्रिकाका सम्पादक तथा प्रकाशकसँग अन्तरक्रिया गरेको हो । छलफल ठुलो संख्यामा सम्पादक / प्रकाशकको उपस्थित रहेको थियो संयोजक बोहोराले छलफलमा आएका सुझावलाई ध्यानमा राखेर भोलिको दिनमा काम गर्ने बताए । ‘हामीले राखेका माग सही छन्, पत्रिका र पत्रकारका पक्षमा एजेण्डा बनाएका छौं’ बोहोराले भने ‘ हामी आफ्ना माग लिएर सरोकारवाला निकायसँग छलफल गरेर निकासको बाटो खोज्छौं, हाम्रो कुरा सुनिएन भनें आन्दोलनमा जानुपर्ने हुन्छ ।’ रमेश कुमार बोहोराले पत्रपत्रिका र पत्रकारका पक्षमा आवाज उठाउँदै आएका छन् । उनले महासंघले सशक्त रुपमा आवाज उठाउने हो भनें छोटो समयमा नै धेरै काम गर्न सकिने पनि जनाएका छन् ।

विभागले पत्रकारिता र पत्रिका प्रकाशनमा देखिएका केही समस्यालाई बुँदागत रुपमा उल्लेख गरेको छ । विभागले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, उपत्यका प्रदेश र यहाँबाट निर्वाचित केन्द्रीय सदस्यसँग छलफल गर्ने जनाएको छ । विभागले अघि बढाएका एजेण्डा यसप्रकार रहेका छन् । 

१. विज्ञापन बोर्डले पत्रिकालाई लोककल्याणकारी विज्ञापनबापत दिने रकम विभिन्न बहानामा आर्थिक वर्ष २०७८÷०७९ को काटिएको रकम बिनाशर्त तुरुन्त भुक्तानी गर्नका लागि सशक्त रुपमा भूमिका खेल्ने ।

२. नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, ललितपुर शाखा र भक्तपुर शाखाको समेत सहभागितामा यस समितिले सरोकारवाला सबैलाई समावेश गरेर वृहत छलफल गर्ने ।

३. विज्ञापन बोर्डले पत्रपत्रिकालाई हालै माग गरेको सूचीकृतको विरोध गर्ने र तत्काल यो व्यवस्था खारेज गर्नका लागि पहल गर्ने ।

४. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनबापतको रकममा ३ प्रतिशत काटिरहेको हुँदा त्यसलाई तुरुन्त हटाउनका लागि पहल गर्ने । हालसम्म काटेको रकमसमेत भुक्तानी गर्न आग्रह गर्ने ।

५. विज्ञापन बोर्डमा पत्रपत्रिकाको बिल बुझाउने समय ७ गतेबाट थप गरी १५ गतेसम्म बनाउन पहल गर्ने ।

६. विज्ञापन बोर्डले आफू पनि समानुपातिक विज्ञापन लागू गर्न नसक्ने र विभिन्न सरकारी कार्यालयबाट पत्रपत्रिकालाई थोरैमात्रामा भए पनि आइरहेको विज्ञापनलाई रोकेर बोर्डमार्फत नै विज्ञापन दिनु भन्दै पत्र काटेकोप्रति विरोध गर्ने ।

७. बिज्ञापन बोर्डबाट स्वीकृत भएका जुनसुकै समय सान्दर्भिक विज्ञापन प्रकाशन गरे पनि त्यसको भुक्तानी गर्न बिज्ञापन बोर्डलाई दबाब दिने ।

८. पत्रपत्रिकालाई सहज नभएको खण्डमा विज्ञापन बोर्डलाई खारेज गरी पुरानै ढंगमा सूचना विभागमार्फत लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग पहल गर्ने ।

९. प्रेस काउन्सिल नेपालबाट गरिने पत्रपत्रिकाको वर्गीकरणमा समावेश हुँदा लाग्ने शुल्क मिनाहा गर्नका लागि पहल गर्ने ।

१०. प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा समावेश भई वर्गीकरणमा परेपछि कम्तीमा ५ वर्षसम्म समावेश हुनु नपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्ने । साथै नयाँ प्रकाशन भएका पत्रपत्रिकालाई पहिलो वर्षमा नै वर्गीकरण खुलाई उनीहरुलाई वर्गीकरणमा समावेश गराउन पहल गर्ने ।

११. आउँदै गरेको संघीय निर्वाचनमा निर्वाचन आयोगबाट सूचनाका लागि पहल गर्ने र वर्गीकरणका आधारमा कम्तीमा दुई महिना बराबरको रकम भुक्तानीको व्यवस्था मिलाउन यस समितिले पहल गर्ने ।

१२ नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक, खाद्य संस्थान, नेपाल आयल निगम, नापी विभाग, स्वास्थ्य, विभाग, सडक विभाग, स्थानीय तहमा र भन्सार विभागजस्ता सरकारी कार्यालयहरुमा पत्रपत्रिकाका लागि वर्षमा कम्तीमा ४ पटक सम्पूर्ण पत्रपत्रिकालाई समान रुपबाट सूचना तथा व्यावसायिक विज्ञापन प्रकाशन गर्ने व्यवस्था मिलाउन यो समितिले सशक्त रुपमा भूमिका खेल्ने । 

१३.सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रदान गरिने जेष्ठ पत्रकार, आजिवन बृत्ति भत्ताको लागि उमेर हद घटाई ५० र निरन्तर ३० वर्षसम्म सक्रिय पत्रकारिता गरिरहनु भएका पत्रकारहरुलाई कम्तीमा मासिक १५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित निकायमा यस समितिले पहल गर्ने ।

१४. लोककल्याणकारीको रकम, विज्ञापनको रकम कम्तीमा ५० प्रतिशत बृद्धि गर्न सम्बन्धित निकायसँग सशक्त रुपबाट यस समितिले पहल गर्ने ।

१५.  सूचना तथा प्रशारण विभागबाट गरिँदै आएको दुर्घटना विमालाई परिवर्तन गरी जीवन बिमा गराउन पहल गर्ने ।

साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागका संयोजक रमेश कुमार बोहोराले छोटो समयमा कार्यक्रमको तयारी गरेकाले कतिपय कुरा नसमेटिए पनि आगामी दिनमा नियमित रुपमा छलफल गरेर सबै विषय समावेश गर्ने जनाएका छन् । उनले छलफलमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal