कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने

२०७९ श्रावण २९ गते, आईतवार

जनकपुर । राष्ट्रिय स्वत्रन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले २००७ सालदेखी निरन्तर मधेशलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुबिधाबाट बञ्चित रहेको बताउनुभयो । शनिबार जनकपुरमा आयोजित मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “मधेशलाई टेकेर दुई दर्जन बढि नेताहरुले सांसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्धाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्यकोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेशले विकासको काचुली फेर्नुपर्ने थियो तर सकेको छैन् ।”


उहाँले जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै, जहाँ कसैसगँ डर हुदैन त्यहाँ भगवनाको डर हुनुपर्छ तर मधेशका नेतृत्वले त भगवानलाई पनि टेरेनन् तपाईँ हाम्रो त के डर भन्दै कटाक्ष गर्नुभयो ।


यस्तै विद्यार्थी आफैले आफु बस्ने चकटी बोकेर विद्यालय जानुपर्ने बाध्यतामा दुख व्यक्त गर्दै मधेशको यो अवस्था कसरी भयो भन्ने बिषयमा सोच्नुपर्ने बेला भएको र यस बिषयमा नागरिकलाई सचेत रहन समेत अपिल गर्नुभयो ।


“शिक्षालाई चुस्त बनाउन “बेटी पढाओ बेटी बँचाओ” भन्ने नारामा भएको भष्ट्राचार घाम जस्तै छर्लङ छ, जनताले सबै बुझेका छन्, यो अवस्थाको परिर्वतनका लागी मधेशले नेतृत्व परिर्वतन गनुपर्ने छ ।”


देशमा संघियता आउनुमा मधेशको ठुलो माग थियो, त्यसैले प्रदेश संरचनामा दलले गरेको बेथितिको आरोप मधेशले सहनुपरेको छ, जनताको प्रत्क्षय पहुँचमा हुनुपर्ने निकाय नेताको भरौटे पालेर दुषित पारिएको छ । यहाँका नेतृत्व वर्गले पहाडी र तराईको नाममा भ्रम छर्दै नेपालीलाई एकअर्कासगँ लडाइरहेको बताउदै नेता मात्र मोटाउने प्रवृतीलाई अन्त्य गर्न मधेशको मतको सम्मान रहने गरी परिर्वतनका लागी तयार हुन समेत मधेशी जनतालाई आग्रह गर्नुभयो ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal