चरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे

२०७९ श्रावण २९ गते, आईतवार

भुपेन्द्र थापा (माधव)

राजनीतिले हाम्रो विचमा विचार र सिद्धान्तको लक्ष्मण रेखालाई दुई धु्रवमा विभाजित गरिदिन सक्छ । धर्मले हाम्रा सामू कहिल्यै नाघ्न नसक्ने ठूला–ठूला पर्खालहरु खडा गरिदिन सक्छ ।संस्कृतिले हामीलाई झरेको शिसा झै टुक्राटुक्रामा खण्डीत गरिदिन सम्छ । तर राष्ट्रप्रतिको मायाले हामी सबैलाई एकताको सुत्रमा बाँधी दिन्छ । आफ्नो देशप्रतिको प्रेम आम नागरिकहरुको पहिलो धर्म हो । जसको अभिव्यक्ति राष्ट्रियताको भावनामा हुने गर्दछ । संसारमा कुनै पनि धर्म वा वाद भन्दा माथि उठेको राष्ट्रियताका अनुवायीहरु अधिक हुन्छन् । भन्ने कुराको तथ्य प्रमाणहरु संसारका सामु धाम झै छर्लङ्ग छ । किनकी यसमा अन्तरनिहित भावनात्मक प्रेरणात्मक र संवेगात्मक उर्जाले मानिसहरुलाई स्वयम् आत्मविर्शजन गर्न समेत प्रेरित गर्ने गर्दछ । त्यसकारण पनि भन्ने गरिन्छ । मानिसहरुले राजनीति,परिवार धर्म, संस्कृति र दर्शनका सिद्धान्तहरु प्नि बदल्न सक्छन् । तर आफ्नो राष्ट्रियता बदल्ने विषयमा भने सोच्न पनि सक्दैनन । हाम्रो राष्ट्रियता संकुचित , जातिय सांस्कृतिक राष्ट्रियता होइन जसको कारण कहिले काहि राष्ट्र भित्र पनि अर्को राष्ट्रको परिकल्पना गर्ने गरिन्छ । हाम्रो नेपाली राष्ट्रियता यस्तो साझा भावनात्मक एकता हो । जसमा देश भित्रका भौगोलिक जातिय र सांस्कृतिक रुपमा विभाजित विविध पेटी नेशनालिज्महरु एउटै नेपाल राष्ट्रको भावनामा एकतावद्ध भएर बसेका हुन्छौ । त्यो भनेको आफ्नो माटो हाम्रो धर्म संस्कृति सँगै साझा स्थापित आफ्नो भौगोलिक अखण्डता प्रतिको गहिरो भावनात्मक आसक्ति पनि हो । राष्ट्रको सारतत्व भनेको के हो ? भने आफ्नो मुलुक भित्र विभिन्न समुदायका आ–आफ्नै भाषा, धर्म र संस्कृतिका प्रवद्र्धनका कुराहरु हुन्छन तर आफ्नो राष्ट्रियताका निम्ती केहि साझा मुल्य मान्यतामा वृहत्तर एकताको खाँचो हुन्छ । हामीले राष्ट्रको अभूतपूर्व राष्ट्रिय एकतालाई कालान्तर सम्म पनि प्रर्दशित गरिरहन सक्नु पर्दछ । त्यसले मात्र हामी सबै आम नेपालीहरुको शिर गर्वले उच्च रहिरहने छ । राजनीतिमा संधै सहि वा गलतको मात्र कुरा हुँदैन बरु दक्षिण वा वामका कुराहरु हुन्छन् । भन्ने भनाइहरु सुन्न र देख्न सकिन्छ तर सत्तामा अशिन भएका शासकहरुका लागि सत्ता एक मात्र स्वार्थै हुनु र विपक्षिहरु रचनात्मक भूमिका खेल्ने भन्दा पनि विरोधमा मात्र रमाउने राजनीतिक कु–संस्कारी प्रवृतिका कारण इतिहास देखि वर्तमान सम्मको राजनीतिक मैदानमा नियम विनाको एउटा सामान्य खेल झै भएको छ । परिस्थिति यस्तो पनि देख्न सकिन्छ कि उनीहरुका क्षुद्र,अहंकारी स्वार्थहरुका कारण राष्ट्रिय गौरबका सामू गौण हुन पुग्दछ । त्यसले विभिन्न वर्ग, क्षेत्र र समुदायहरुका स्वार्थप्रतिको संक्रिर्ण निष्ठाको स्थान राष्ट्रिय निष्ठाले व्यहोनु पर्ने हुन्छ । इतिहास देखि नेपाली गौरब नेपालको सार्वभौमसत्ता र राष्ट्रको स्वाभिमान माथि नै खुल्ला आक्रमण हुँदै आएको छ । पछिल्लो उदाहरणहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा हाम्रो स्वाभिमान माथि छिमेकी मुलुक भारतवाट नाग्गो आक्रमण भएका छन् । विगतमा पनि जनताका शासकहरुबाट भारतिय पक्ष सँग भएका सन्धि सम्झौताहरु २०११ बैशाख १२ मा कोशी सम्झौता , २०१६ मंसिर १९ मा गण्डक सम्झौता २०५२ साल माघ २९ गते महाकाली सम्झौता , २०६८ साल कार्तिक ४ गते विप्पा सम्झौता र २०७१ साल मंसिर ४ गते अरुण तेस्रो सम्झौता लगायत त्यसभन्दना अगाडिका विभिन्न असमान सन्धी देखी विभिन्न राष्ट्रघाती सम्झौताहरु १८१६ मा विट्सि इष्ट इण्डिया कम्पनीले काठमाण्डौमा आक्रमणको हल्ला फैलाएर नेपालको तर्फबाट पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यालाई विट्शि शिविरमै जर्वजस्ती वोलाएर १८१६ मार्च ४ मा इष्ट–इण्डिया कम्पनीका प्रति नीधि प्यारिस व्राड्स दुई पक्ष विच सुगौली सन्धिमा हस्ताक्षर भयो । त्यो नेपालीको लागि आज सम्मकै सबै भन्दा राष्ट्रिघाति सँगै राष्ट्रले ठूलो क्षेति व्यहोनु परेको थियो । जसले गर्दा नेपालले एकतिहाइ भुभाग गुमाउनु पर्यो ।

त्यसपछि नेपाल र राणाशासकहरु कमजोर भएको वेला भारतले मौकाको फाइदा उठाउँदै सन् १९५० मा आएर राष्ट्रियता माथि फेरी प्रहार गर्यो । शान्ति तथा मैत्रि सन्धिको नाममा नेपालको अहित असान्दर्भिक र असमान हुने गरि अर्को राष्ट्रघाति सम्झौता गर्न नेपाललाई वाध्य पार्यो । अहिले सम्मको नेपाल भारत सिमा जोडिएका १५ जिल्लाका ९ सय ६१ स्थानमा भारतिय शासकहरुबाट नेपालको भूमि माथि अतिक्रमण हुँदै आएको छ । हाम्रो भूमिमाथि भारतिय पक्षले झण्डै ६० हजार हेक्टर भन्दा वढी जमिन माथि कब्जा गरेको छ । १९५० को असमान सन्धि देखि यता भारतिय शासकहरुले लगाएतका विभिन्न हाम्रा नदिनाला माथिका कुदृष्टी आम नेपालीका सामु प्रष्टै छ । यस्तो हुनुमा मुख्यतः हाम्रा अवसरवादी दलाल नोकरसाहि शासकहरुको हदै सम्मको वैमानी हो भनेर वुभ्mन त्यति गाहे नपर्ला । विस्तारवादीले आफ्नो शक्तिको तान्डव नाच देखाउँदै आफ्ना कार्यनितिक र रणनीतिक स्वार्थहरु पुरा गर्दै आएका उदाहरणहरु आम नेपाली जनसमुदायहरुमा स्पष्टै छ । गिद्धले सिनो लुछे झै भारतले हाम्रो स्वाधिनता, अखण्डता र स्वाभिमानीता दलाल, भ्रष्ट, राष्ट्रघाती र जनधाति नेताहरुका कारण हामीलाई जिउँदै सिनो बनाएर सधियौ देखि लुछिरहेछ । सामान्यतया राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझन सकिन्छ । देशभित्र र राजनीतिक आदि विविध उन्नती सँगै प्रगतिहरुको एउटा आधार शिलानै राष्ट्र हो ।

राष्ट्रको समुन्नतिमा हरेक व्यक्तिको उन्नतीसँगै प्रगतिको निहित हुने गर्दछ । राज्य भनेको सिमाना र मानिसहरुको एक अंश भएको एउटा राजनीतिक संगठन पनि हो । नेपालको संविधान २०७२ को धारा ४ अनुसार नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष, समावेशी, समानुपातिक सहित लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । वास्तवमा भन्नुपर्दा राज्य भनेको संविधान, भुगोल, सरकार, जनता अनि अन्तराष्ट्रिय पहिचान सहितको समग्र भौतिक स्वरुप पनि हो । राष्ट्र भनेको फिजारिएको भुगोल मात्र पनि होइन भावनाको कशिले वांधिएको जनताहरु पनि हो । राष्ट्रियता हाम्रो माटो मात्रै होइन आम नागरिकहरुको सामुहिक विचार हो । कुनै पनि राष्ट्रले आफ्नो नागरिकको राष्ट्रियता जोख्ने र नाप्ने यन्त्र भनेको त्यस देशको नागरिकता मात्र होइन उसभित्रको देशप्रतिको आस्था, विश्वास र आस्तित्व सँग जोडिएको हुनु पर्दछ । राष्ट्रियता एउटा विश्वास सँग गाँसिएका हुन्छ । यहाँ सम्म आइपुग्दा सत्ताको सिनो माथि राष्ट्रियतामा गिद्धको लुच्छाचुडी भएको छ । हाम्रो अन्तराष्ट्रिय एंव नजिकको छिमेकी मुुलुकहरुले हामी माथि गरेका व्यवहारहरु अन्तराष्ट्रिय मान्यता अनुरुप पञ्चशिलका नियमहरु जस्तैः शान्तीपूर्ण सहअस्तित्व, एक आपसका आन्तरिक ममिलामा अहस्तक्षप एक आपसका क्षेत्रिय अखण्डता, सर्वभौमसत्ताको सम्मान, अनाक्रमण र समानता अनि पारस्परिक लाभ जस्ता पञ्चशिल सिद्धान्तसँग सम्बन्धीत नियमहरुले निर्देशित गरेका नितिहरु के ति छिमेकी राष्ट्र र मित्रशक्ति ठूला राष्ट्रहरुले जिम्मेवारी पूर्वक पालना गरेका छन् त ? ठूला र महाशक्ति राष्ट्रहरुका अगाडि हामी सानो, कमजोर राष्ट्र पनि हुन सक्छौं । गरिब राष्ट्र पनि हुन सक्छौं । तर हामी सार्वभौमसत्ता सम्पन्न मुलुकका हामी स्वाभिमान नागरिक हौ । आज सम्म कोहि सकैको गुलाम नभएको स्वतन्त्र देश हो यो हाम्रो पुर्खाले दुःखले आर्जेको मुलुक हो यो ।

तर विडम्वना नेपालको राष्ट्रियता नेपालीको भावनामा भन्दापनि नेताहरुको स्वार्थमा निहित हुन पुग्यो राष्ट्रको अस्मिता र स्वाधिनता विदेशी प्रभुहरुको जुवाको खाँलमा राष्ट्रियतालाई च्याखे थापेर आफ्नो नीजि स्वार्थ र सत्ता सिंहासनको लालचले जनताको सार्वभौमसत्ता माथिनै भावनात्मक प्रहार गर्ने दक्षिण वा वामका दलालहरुका विरुद्ध राष्ट्रियताको भावले ओतपोत भएका आम शोसित पिडित देश भक्त नेपालीहरु एकजुट भएर तीनको जाल झेल षडयन्त्रको चिरफार गरी जनताको अदालतवाट दण्डित गर्न सक्नु पर्दछ । आज सम्म पनि नेपाल आमाले संसारकै उच्च शिर भएको सगरमाथा झै अटल र स्वाभिमान अनि शान्तिका अग्रदुत गौतमवुद्धका अनुयायी जस्ता तराई झै फैलिएको भावना भएको सपुत नेतृत्व किन जन्माउन सकिनन् ? देशले कुपुत नेता जन्माउँदा नेताको चरम सत्ता मोहले साम्राज्यवादी र विस्तारवादी सक्तिहरुको गिद्धे नजर नेपाली भुमिमाथि पर्न गएको छ । २००७ सालको गोर्खा भर्ति केन्द्र देखि भारत सँग गरेका अनगिन्ती असमान सन्धि हुँदै विभिन्न खाले सम्झौताले भारतलाई पोशाउने जनता माथि शासन गरी रहने कोशी, गण्डक, माहाकाली लगायत सन्धि सम्झौताले देश र जनताको हितमा भन्दा पनि भारतिय शासकको पाउँमा भेटीको रुपमा चढाउने काम हुँदै आएको छ । १० वर्षे जनयुद्ध जनआन्दोलन मदेश आन्दोलन सँगै राष्ट्रवादी जनसधर्ष जनताको वलमा निहित थियो तर नेपाल भारत सात राजनीतिक दल विद्रोही शक्ति माओवादी सँगको १२ बँुदे विश्रित शान्ति सम्झौता र विप्पा सम्झौता समम आइपुग्दा देशको भकारी रित्याउने मुसाहरु मार्न शिकारी विरालो जनताहरुको वलमा आएकै थियो । त्यो विरालो पनि दुधको कुडे मात्र रित्याउने म्याउँ मात्र हुँदा क्रान्तिकारी, जनयुद्ध, माओवादी र प्रचण्ड पनि प्रष्टै भयो ।

यता एमसीसी परित भए सँगै विकास र समृद्धिको लागि डलरको भारि बोकेर आएको सैन्य रणनीति सँग सम्बन्धीत एसपीपी निल्दा मृत्यु हुने, ओकल्दा अन्धो हुने दवावपूर्ण अमेरिकी साहयता भित्रिनुमा नेपालका मुख्य पार्टीका शिर्सथ नेताहरु नै जिम्मेवार छन् । अमेरिकी नीति अन्तरगत दक्षिण एसियामा हाम्रो जस्तो सानो देशहरुलाई अल्मलाउने लोभलालचको पोको देखाएर भारत सँग मिलेर चीनलाई घेर्ने राणनीति अन्तरगत दक्षिण एसिया सँगै नेपालमा अमेरिकी चासो तिव्र वढेर गएको छ । छिमेकी मुलुक र शक्ति राष्ट्रहरुको देखिएको अस्वाभिक चलखेलले नेपालका परम्परागत पार्टी र तिनका नेताहरु प्रति शखा वढेर गएको छ । छिमेकी मुलुक र शक्ति राष्ट्रहरुको देखिएको अस्वाभिक चलखेलले नेपालका परम्परागत पार्टी र तिनका नेताहरु प्रति आमजनमानसमा संखा अनि अविश्वास ह्वातै मौलाएको छ । अवसरवादी चिन्तनबाट ग्रसित नीजि स्वार्थले नोकशाही, पुँजीवादी दलालहरु हिजो भन्दा आज साम्राज्यवादी शक्तिको भरणपोषणका कारण रसिलो, पोषिलो र मजबुद हुदै आएको छ । अन्तराष्ट्रिय कुटनीति सम्बन्ध विदेश नीतिमा आफ्नो राष्ट्रिय स्वार्थ भन्दा पनि व्यत्तिगत र सत्ता निहित स्वार्थहरुको हानथाप छताछुल्ल हुने गरी श्रृंखलावद्ध रुपमा अघि वढ्दो छ । यसले नेताहरुमा एकपछि अर्को नीजि स्वार्थहरु पूरा गर्ने होडावजी नै चलेको छ । नेपालको कार्यकारी प्रमुख सम्म भएका राष्ट्रको नेतृत्व अझै गर्छु भन्नेहरुको भाषा र व्यवहार हेर्दा टिठ लाग्दो छ । प्रजातन्त्रका लागि लडेका जेल, नेल यातना भोगका नेताको भाषा कस्तो हुनु पर्दछ ? भाषामै सहिष्णुता छैन । व्यवहारमा इमान्दारीता छैन । राष्ट्र र जनता प्रति प्रेम सदभाव पटकै देखिन्न ।

यसको अर्थ ह्द्य पनि ठूलो छैन । यति सानो चित्त भएको अंहकारी र धमण्डी व्यक्तिहरुले देशको संविधान र जनताको भावना वुझेर कसरी राजनीतिक र कुटनीतिक व्यवहार गर्न सक्लान ? नेपालका मुख्य नेताहरुको व्यवहार हेर्दा लाग्छ । लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक र सामावेशी उनीहरुले जनतालाई दया माया गरेर उपहार स्वरुप दिएका हुन । जवकी यो व्यवस्था जनताको रगत पसिना र वलिदानबाट मात्र संभव भएको हो । नेताका स्वार्थ अनुकुल र नेपाली जनताको भावना विपरित भएका अनेकौ अन्तराष्ट्रिय सन्धि सम्झौताहरु आज देशलाई गलपासो झै भएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भए लगतै सन् २०१७ मा अमेरिकी प्रशासनले हिन्द प्रशान्त क्षेत्रका ३६ वटा राष्ट्र केन्द्रित सैन्य रणनीति सार्वजनिक गर्यो । त्यसका लागि दक्षिण एसियाको केन्द्रिय राजधानी भारतलाई बनाउन खोजेको देखिन्छ । उसले खासगरी चीन सँगको व्यापार युद्ध सँगै वढ्दो प्रतिस्पर्धाका कारण हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी पकट मजबुद बनाउने रणनीति अख्तियार गरेको देखिन्छ । सिँगो संसारको एकतिहाई व्यापार यसै क्षेत्राट हुने गर्दछ । नेपालमा अमेरिकी इण्डो प्यासिफिक रणनीति (आइपिएस) र स्टेट पार्ननशिप प्रोग्राम (एसपीपी) को एजेण्डाले नेपालको राजनीतिक वृत्तमा ठूलै भुकम्प ल्यायो । मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी) लामो विवाद रस्साकस्सी पछि संसद वाट विभिन्न राजनीतिक दल , समुह, वौदिक समाज, परराष्ट्रविदहरु, विभिन्न संघ संस्थाहरु लगायतको विरोधका वाबजुद पनि संसदबाट पास गरेरै छाडे (एमसीसी) को विवाद सेलाउन पाउँदा नपाउँदै (एसपीपी) सम्झौता वारेमा विवादहरु सतहमा आयो । यसले नेपालका राजनीतिक पार्टीका नेताहरु प्रति अर्को अविश्वास थप गरेको छ ।

नेताहरुको राष्ट्रियताप्रतिको रुप भित्रको रङ्ग र चित्र भित्रको असली चरित्र नाग्गोझार भएर उदागिएको छ । नेता भनेको वास्तमै राष्ट्रियताको पक्षमा लड्ने , र जनताको सार्वभौमिकताको रक्षा गर्ने सेनापति झै हुनुपर्दछ । लाजमर्दो कुरा हाम्रा नेताहरु कतै विदेश भ्रमण जाँदा होस वा विदेशी दुतहरु नेपाल आउँदा नेता र विदेशी विचको भेट्घाटले हामी सबैलाई झस्काउने गर्दछ । विश्वलाई नै शान्तिको सन्देश फिजाउने गौतमवुद्धको देशमा युद्ध रणभूमि बनाउने र त्यस्तो कार्यको मतियार हुने हाम्रा राजनीतिक पार्टीका नेताहरुलाई खवरदारी गरौं को संसारको महाशक्ति राष्ट्र बन्ने भन्ने लडाईमा केहि नेताका स्वार्थका कारण अटल भई उभिएको सगरमाथाको शिर झुकाउने र विदेशी शक्ति केन्द्रहरुको क्रिडा स्थल बनाउने कार्य हुँदैछ । समयमै सचेत नभए इतिहासका पानाहरुबाट हाम्रो भुगोल च्यातिने खतरा प्रवल छ । देश रहे हामी हुनेछौ नत्र हाम्रो भन्ने केहि हुने छैन ।

105 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal