कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने

२०७९ श्रावण २९ गते, आईतवार

जनकपुर । राष्ट्रिय स्वत्रन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले २००७ सालदेखी निरन्तर मधेशलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुबिधाबाट बञ्चित रहेको बताउनुभयो । शनिबार जनकपुरमा आयोजित मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “मधेशलाई टेकेर दुई दर्जन बढि नेताहरुले सांसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्धाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्यकोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेशले विकासको काचुली फेर्नुपर्ने थियो तर सकेको छैन् ।”


उहाँले जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै, जहाँ कसैसगँ डर हुदैन त्यहाँ भगवनाको डर हुनुपर्छ तर मधेशका नेतृत्वले त भगवानलाई पनि टेरेनन् तपाईँ हाम्रो त के डर भन्दै कटाक्ष गर्नुभयो ।


यस्तै विद्यार्थी आफैले आफु बस्ने चकटी बोकेर विद्यालय जानुपर्ने बाध्यतामा दुख व्यक्त गर्दै मधेशको यो अवस्था कसरी भयो भन्ने बिषयमा सोच्नुपर्ने बेला भएको र यस बिषयमा नागरिकलाई सचेत रहन समेत अपिल गर्नुभयो ।


“शिक्षालाई चुस्त बनाउन “बेटी पढाओ बेटी बँचाओ” भन्ने नारामा भएको भष्ट्राचार घाम जस्तै छर्लङ छ, जनताले सबै बुझेका छन्, यो अवस्थाको परिर्वतनका लागी मधेशले नेतृत्व परिर्वतन गनुपर्ने छ ।”


देशमा संघियता आउनुमा मधेशको ठुलो माग थियो, त्यसैले प्रदेश संरचनामा दलले गरेको बेथितिको आरोप मधेशले सहनुपरेको छ, जनताको प्रत्क्षय पहुँचमा हुनुपर्ने निकाय नेताको भरौटे पालेर दुषित पारिएको छ । यहाँका नेतृत्व वर्गले पहाडी र तराईको नाममा भ्रम छर्दै नेपालीलाई एकअर्कासगँ लडाइरहेको बताउदै नेता मात्र मोटाउने प्रवृतीलाई अन्त्य गर्न मधेशको मतको सम्मान रहने गरी परिर्वतनका लागी तयार हुन समेत मधेशी जनतालाई आग्रह गर्नुभयो ।

107 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal