अ,बैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

२०७९ श्रावण २६ गते, बिहीबार

अ,बैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ।

नेपालीहरु बैध अबैध तरिकाले जहींतहीं पुगेका छन्। घर बलियो भएकाहरु खरिदार, सुब्बा र अधिकृत हुने लालसाले लोकसेवा आयोगको पेटी कुरिरहेका छन्।

घर कमजोर हुनेहरु दलाललाई भेटी चढाएर खाडीमा पैसाको बाढी आउँछ भन्दै अरबमा ‘रब’ खोज्न पुगेका छन्। ती मरुभूमिमा ‘मरुँ’ कि ‘नमरुँ’ भन्दै बाँचिरहेका छन्। बालुवासँग ल’ड्दालड्दै त्यहाँ तिनको जवानी पग्लिन्छ, घरमा रुँ,दारुँदा तिनका आमा, बाबा अनि श्रीमतीको सिरानी पग्लिन्छ।

शुरुमा अलि बढी लगानी गर्नसक्नेहरुको गन्तव्य अमेरिका रहेको छ। अबैध ढंगबाट छिरेपनि कुनै गल्ती नगरेसम्म त्यहाँवाट ‘डिपोट’ हुनुपर्दैन।

त्यसैले केही हदसम्म सुरक्षित पनि छ।
अबैध ढंगबाट अमेरिका छिर्न पनि सजिलो छैन। तिनका पी’डालाई समेटेर कृष्ण धरावासीले ‘तल्लो बाटो’ भन्ने पुस्तकनै लेखेका छन्।

पढ्दा हातमा रुमाल लिएर बस्नुपर्छ। अबैध ढंगबाट छिर्दा अमेरिका पुग्न झण्डै ९ महिना देखि १ वर्षसम्म लाग्दो रहेछ। बाटाका दुख खपिसाध्य छैनन्।

कै,दीलाई अड्डासार गरे जस्तो, कहिले यता कहिले उता। ईन्धन बोक्ने ट्याँकी, समुन्द्रमा माछा मार्ने ट्याँकी, ट्रक कन्टेनर आदि भित्र बसेर यात्रा गर्नुपर्ने हुन्छ।

कतिपय ठाउँमा तिर्खा लागेपछि पानी नपाउँदा आफ्नै पिसाब पिउनुपर्ने हुन्छ। मेक्सिकोको आटब्बे जंगलमा राती कम्पासको भरमा मत्र हिंड्दा सर्पले टोकेर कैयौंले ज्यान गुमाउनुपर्ने हुन्छ।

महिलाहरुले त झन् सतित्व समेत दाउमा लगाउनुपर्ने हुन्छ। तर हाम्रो देशका कथित नेताहरू यो पी,डालाई बुझ्दैनन्। नरभक्षी बाघ जस्तो तिनले पठाएका रेमिट्यान्समा तर मा,र्न पल्केका छन्।

उता हाम्रा नेपाली दाजुभाइका मनमा डढेलो सल्केको छ। “देशमा बसौं- यिनकै तुच्छ राजनीतिको गोटी हुनुपर्ने। विदेश जाउँ- धरधरी रु,नुपर्ने।” छविरमण भट्टराई जीबाट। परोपकार अनलाईन समूह

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal